बारामुला, 18 सेप्टेम्बर (हि.स.)। बुधवार र बिहीवारबीचको राती पुरानो बारामुला शहरको भीड़भाड़युक्त क्षेत्रमा भयानक आगो लाग्यो जसमा आवासीय घर, पसल सहित केही भवनहरू क्षतिग्रस्त भए।
अधिकारीहरू अनुसार आगो लागेको सूचना राती लगभग 12ः40 बजे प्राप्त भयो जतिबेला दुईवटा नजिकैको घर तथा व्यवसायिक भवनमा आगो लागेको थियो। दुवै भवनको छत गैल्वेनाइज्ड नालीदार फलामको च्यादरले बनिएको थियो। आगो वरपरका घर तथा व्यवसायिक प्रतिष्ठानहरूसम्म फैलियो जसले गर्दा स्थानीय मानिसहरू भयभित भए।
अग्निशमन एवं आपातकालीन सेवाका कर्मचारीहरूले घटनास्थलमा पुगेर कड़ा परिश्रम गरी आगोलाई नियन्त्रण गरे। तर त्यसबेलासम्ममा तीनवटा घर र पसलहरू जलेर स्वाहा भइसकेका थिए।
एक अधिकारीले पुष्टि गरे, प्रभवित दुवै घर कंक्रिटको थियो। आगोको गति तीव्र थियो, तर समयमा हस्तक्षेप नगरेको भए अन्य घरहरूलाई पनि आगोले आफ्नो चपेटमा लिनेथ्यो।
अधिकारीहरूले क्षय-क्षतिको मूल्यांकन गर्न शुरू गरेका छन्, तथापि आगलागीको सही कारण पत्तो लाग्न सकेको छैन। प्रारम्भिक रिपोर्ट अनुसार यस आगलागीमा मानवीय क्षति नभए पनि सम्पत्तिको ठूलो क्षति भएको छ।
पुलिसले बतायो, आगलागीको कारण पत्तो लगाउन मामिलाको जाँच गरिँदैछ। यसबीच प्रभवित परिवारहरूलाई अस्थायी राहत प्रदान गरिएको छ साथै उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा