भुवनेश्वर, 18 सेप्टेम्बर (हि.स.)। कंग्रेस पार्टीले बिहीवार ओडिशाको भाजपा सरकारविरूद्ध अविश्वास प्रस्ताव विधानसभामा पेश गऱ्यो। कंग्रेस विधायकहरूले यो प्रस्ताव विधानसभा सचिवको माध्यमबाट अध्यक्षलाई सुम्पिए।
यस प्रस्तावलाई मोठ 15 जना विधायकहरूको समर्थन प्राप्त छ जसमा कंग्रेसका 14 जना र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)- का एकजना विधायक सामेल छन्।
जानकारी अनुसार सीपीआई(एम) विधायक लक्ष्मण मुण्डाले यस प्रस्तावलाई समर्थन गरेका छन्। कंग्रेस विधायक दलका नेता रामचन्द्र काडामले पत्रकारहरूसित बातचित गर्दै भने, राज्य सरकार महिलाहरूको सुरक्षा, कानून व्यवस्थालाई कायम राख्न, किसान, दलित, आदिवासी तथा पछौटे वर्गका समस्याहरूको समाधान जस्ता महत्वपूर्ण मुद्दाहरूमा विफल भएको छ। त्यसैकारण कंग्रेसले सरकारविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय लिएको हो।
यसपूर्व ओडिशा प्रदेश कंग्रेस कमिटीका अध्यक्ष भक्त चरण दासले मुख्य विपक्षी पार्टी बीजू जनता दल (बीजद)- सित आग्रह गरेका थिए, उनीहरूले मनसुन सत्र अवधि भाजपा सरकारविरूद्ध अविश्वास प्रस्ताव ल्याउन्।
स्मरण गराइन्छ, 147 सदस्यीय ओडिशा विधानसभामा कंग्रेससित हाल 14 जना विधायक छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा