गुरूग्राममा कोचिंग सेन्टर गएकी छात्राको अपहरणपछि सामूहिक बलात्कार
गुरूग्राममा कोचिंग सेन्टर गएकी छात्राको अपहरणपछि सामूहिक बलात्कार


-सरकारी स्कूलमा एघारौंकी छात्रालाई बलात्कारपछि आरोपीहरूले गुड़िरहेको कारबाट बाहिर फालिदिए

गुरुग्राम, 18 सेप्टेम्बर (हि.स.)। यहाँको एक सरकारी स्कूलमा एघारौ कक्षामा अध्ययरत छात्रासित सामूहिक बलात्कार भएको मामिला प्रकाशमा आएको छ। कोचिंग सेन्टर गइरहेकी छात्रालाई आरोपीहरूले अपहरण गरी उसित सामूहिक बलात्कार गरे। त्यसपछि उसलाई गुड़िरहेको कारबाट फालेर आरोपीहरू भागे। पुलिसले आरोपीहरू विरूद्ध मुद्दा दर्ता गरी तिनीहरूलाई खोजिरहेको छ।

पीडि़त छात्राका पिताले पुलिसमा गरेको सिकायतमा भने, उनी मानेसरस्थित एउटा कम्पनीमा काम गर्छन्। उनकी पत्नी घरमै बस्छे। उनीहरूका चार जना बाल-बच्चाहरू छन् जसमध्ये सबैभन्दा ठूली छोरीसित आरोपीहरूले बलात्कार गरेका छन्। पीड़ित छात्राले आफ्नो बयानमा भनी, उसले एक जना आरोपीलाई चिनेकी छे जसले कोचिंग जाँदै गर्दा जहिले पनि उसलाई कारमा चढ़्नको लागि दबाव दिन्थ्यो। उसैको दबावमा आएर छात्रा कारमा चढ़ी। पीड़िताले पुलिसलाई अझ बताई, आरोपीले उसलाई अपहरण गरेर सुनसान स्थानमा लिएर गयो जहाँ दुई जना युवकले उसलाई बलात्कार गरे। शहरको चार मरला क्षेत्र निवासी छात्राले पुलिस सिकायतमा बताई, कारमा चढ़ाएर अपहरण गरेपछि आरोपीहरूले उसलाई नशालु पदार्थ खुवाएर अचेत बनाए अनि रेप गरेपछि आरोपीहरूले उसलाई गुड़िरहेको कारबाट धक्का दिएर सड़क किनारमा फालिदिए।

थाहा लागे अऩुसार बलात्कारका आरोपीहरूमध्ये एक जना युवकलाई छात्राले चिनेकी छे। आरोपीको नाम अंकित र लक्ष्य रहेको बताइएको छ। होश फर्किएर घरमा पुग्नसाथ छात्रा परिवारको अगाड़ि रून थाली। थाना शिवाजी नगर क्षेत्रमा सरकारी स्कूलको 11औं कक्षाकी छात्रासित भएको ग्यांग रेपको सूचना पाउनसाथ पुलिसले सक्रियता पूर्वक आरोपीहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande