भाजपाको स्वच्छता अभियान, झाड़ू बोकेर सड़कमा उत्रिन् विधायक
भाजपाको स्वच्छता अभियान, झाड़ू बोकेर सड़कमा उत्रिन् विधायक


जलपाईगुड़ी, 20 सेप्टेम्बर (हि.स)। प्रधानमन्त्री नरेन्द्र मोदीको 75औं जन्मदिनको उपलक्षमा देशभरि नै भाजपाद्वारा स्वच्छता अभियानसँगसँगै जनकल्याणकारी कार्यक्रमहरू संचालन गर्दै आआइरहेको छ। यसै क्रममा शनिवार भाजपाले फूलबाड़ीमा स्वच्छता अभियान संचालन गऱ्यो।

यस दिन डाबग्राम-फूलबाड़ीकी भाजपा विधायक शिखा च्यटर्जी झाड़ु बोकेर सड़कमा उत्रिए। विधायक शिखा च्यटर्जी सहित भाजपा कार्यकर्ताहरूले पूर्व धनतलाको जयनगर कलोनीस्थित एक मन्दिर परिसरमा सर-सफाई गरे साथ वरपरका सड़कहरूमा फैलिएका मैला-कुचैलाहरूलाई सफा गरेर मानिसहरूलाई स्वच्छताको सन्देश दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande