गान्तोक, 20 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम पुलिसका वरिष्ठ अधिकारीहरू अतिरिक्त पुलिस अधीक्षक (एएसपी) लालबहादुर छेत्री, एएसपी नर्बु छिरिङ शेर्पा र सीएसओ हर्कसिंह सुब्बालाई पुलिस अधीक्षकको पदमा पदोन्नति भएकोमा हार्दिक बधाई दिएका छन्।
अधिकारीहरूले पुलिस बलको उच्चतम परम्परालाई कायम राख्दै उस्तै जोश र जिम्मेवारीको भावनाका साथ आफ्नो कर्तव्य पालना गरिरहनेछन् भनी उनले विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा अधिकारीहरूको निरन्तर सफलता र अझ ठूलो उपलब्धिको लागि शुभकामना व्यक्त गरेका छन्।
राज्य कार्मिक विभागद्वारा आज जारी एक कार्यालय आदेश अनुसार, एएसपी लालबहादुर छेत्रीलाई पदोन्नतिका साथै मङ्गन जिल्लाको पुलिस अधीक्षक नियुक्त गरिएको छ। यसरी नै एएसपी नर्बु छिरिङ शेर्पाको पदोन्नति गरेर पुलिस अधीक्षक, चेकपोस्ट बनाइएको छ। यसरी नै मुख्यमन्त्रीका सीएसओ हर्कसिंह सुब्बालाई मुख्यमन्त्रीका सीएसओ, स्पेशल ब्राञ्चमा पदोन्नति गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल