सिवरेज प्रणाली सुव्यवस्थित गर्न डीपीआर बनाउने कार्य शुरु गरिएकोमा अनित थापालाई धन्यवाद ज्ञापन
सिवरेज प्रणाली सुव्यवस्थित गर्न डीपीआर बनाउने कार्य शुरु गरिएकोमा अनित थापालाई धन्यवाद ज्ञापन


खरसाङ, 20 सेप्टेम्बर (हि.स.)। खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले शहरको सिवरेज लाइनलाई सुव्यवस्थित गर्न नगरपालिकाले सरकारसॅंग सम्पर्क गरिरहेको भए तापनि जीटीए प्रमुख अनित थापाको सक्रियतामा पहाडका विभिन्न समस्याहरूको समाधान भइरहेको बताएएका‌ छन्।

उनले गत केही दिन अघि जीटीए प्रमुख अनित थापा स्वयम् कोलकाता पुगेर पहाडका नगरपालिकाहरूको विभिन्न समस्याहरू लिएर नगरपालिका विकास मन्त्रीसॅंग भेट गरेको बताए। यस क्रममा जीटीए प्रमुखले पहाडका नगरपालिकाहरूको सिवरेज लाइन सुव्यवस्थित गर्न मन्त्रीलाई लिखित आवेदन गरेका थिए। सोही अनुरूप हिजो मात्र पहाडका चारैवटा नगरपालिकाको सिवरेजलाई सुव्यवस्थित गर्न डीपीआर झट्टै बनाउन निर्देश दिइएको जानकारी गराए।

उनले यस कार्यको सम्पूर्ण श्रेय अनित कुमार थापालाई जान्छ भनी बताए। उनले खरसाङ नगरवासी एवं नगरपालिको पक्षबाट जीटीए प्रमुख कार्यपाल थापालाई हार्दिक हार्दिक धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande