दिल्लीका स्कूलहरूलाई बम धम्कीमाथि केजरीवालले सरकारमाथि गरे तीव्र हमला
दिल्लीका स्कूलहरूलाई बम धम्कीमाथि केजरीवालले सरकारमाथि गरे तीव्र हमला


नयाँ दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। दिल्लीका स्कूलहरूलाई लगातार प्राप्त भइरहेको बम धम्कीलाई लिएर आम आदमी पार्टी (आआप)-का राष्ट्रिय संयोजक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले शनिवार सरकारलाई लक्षित गरे। उनले भने, अभिभावक, बाल-बालिका तथा स्कूल प्रशासन भयभित भएका छन्।

अरविन्द केजरीवालले सोशल मीडिया एक्समा लेखेका छन्, “दिल्लीका स्कूलहरूलाई बारम्बार बमले उड़ाउने धम्की दिइरहेको छ। चारैतिर कोकोहोलो मचिन्छ, स्कूलहरूको छुट्टी हु्न्छ, विद्यार्थी नानीहरू र अभिभावकमा सन्त्राष फैलिन्छ, तर विगत एक वर्षदेखिको न कसैलाई पक्राउ गरिएको छ न कुनै कारबाही भएको छ। चार इञ्जिनको सरकारले राजधानीको सुरक्षालाई समेत सम्हाल्न सकिरहेको छैन। माता-पिता दिनहुँ डरमा बाँचिरहेका छन्। आखिर यी सबै कहिल्ये समाप्त हुन्छ?”

केजरीवालले ‘चार इञ्जिन’-को सरकार कानून-व्यवस्थालाई कायम राख्नमा पूर्ण रूपले विफल भएको बताउँदै अघि भने, दिल्लीका जनता र उनीहरूका नानीहरूले असुरक्षित महसूस गरिरहेका छन्।

उल्लेखनीय छ, शनिवार फेरि एकपटक दिल्लीका केही स्कूलहरू जसमा द्वारकाको दिल्ली पब्लिक स्कूल (डीपीएस), कृष्णा मोडल पब्लिक स्कूल औ सर्वोदय विद्यालय सामेल छन्,- लाई बमले उड़ाउने धम्कीपूर्ण फोन कल तथा ई-मेल प्राप्त भयो। यसपूर्व जुलाई र अगस्त महिनामा पनि दिल्लीका स्कूल एवं कलेजहरूलाई यसरी नै धम्की दिइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande