तामुलपुर, 20 सेप्टेम्बर (हि.स.)। असमको तामुलपुर जिल्लास्थित भारत-भुटान सीमावर्ती बगाजुलीको बाथौगुड़ीमा जंगली हात्तीको हमलामा परी एकजना मानिसको घटनास्थलमै मृत्यु भयो। घटना बारे जानकारी पाउनसाथै वन विभाग र पुलिसको टीमले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो।
ग्रामीणहरूले बताएका छन्, बितेको राती जंगली हात्तीहरूको बथानबाट छुट्टिएर एउटा हात्ती गाउँमा पस्यो। उक्त हात्तीले ग्रामीणहरूको घरलाई क्षतिग्रस्त बनाइदियो। यसै अवधि विष्णु दैमारी (60) हात्तीको चपेटमा परे जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो। यस घटनाको कारणले गाउँका मानिसहरू भयभित भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा