मीरवाइज उमर फारूक शोक व्यक्त गर्नका लागि वरिष्ठ अलगाववादी नेता प्रोफेसर अब्दुल गनी भटको सोपोरस्थित आवासमा पुगे
मीरवाइज उमर फारूक शोक व्यक्त गर्नका लागि वरिष्ठ अलगाववादी नेता प्रोफेसर अब्दुल गनी भटको सोपोरस्थित आवासमा पुगे


सोपोर, 20 सेप्टेम्बर (हि.स.)। हुर्रियत कन्फ्रेन्सका नेता मीरवाइज उमर फारूक शनिवार वरिष्ठ अलगाववादी नेता प्रोफेसर अब्दुल गनी भटको बटांगु सोपोरस्थित आवासमा शोक संवेदना व्यक्त गर्न पुगे। अधिकारी तथा स्थानीय मानिसहरूले यसको पुष्टि गरेका छन्।

मीरवाइजको यस भ्रमणले स्थानीय मानिसहरूको ध्यान आकर्षण गऱ्यो र धेरैजना मानिसहरू यस भेटलाई हेर्नका लागि उनको आवास बाहिर भेला भए। मीरवाइज जो उपत्याकामा प्रमुख राजनीतिक एवं सामाजिक हस्तिहरूको शोक सभाहरूमा सक्रिय रहँदै आएका छन्,-ले प्रोफेसर भटको परिवारप्रति ऐक्यवद्धता व्यक्त गरे अनि शोक संवेदना व्यक्त गरे।

प्रोफेसर भटको परिवारका सदस्यहरूले मीरवाइजलाई घरमा स्वागत गरे जहाँ संक्षिप्त बातचित भयो। सूत्रले बतायो, यो भेट अनौपचारिक थियो तथा मुख्य रूपमा शोक परेको घड़ीमा समर्थन व्यक्त गर्नु थियो।

अलगाववादी राजनीतिमा एक जना वरिष्ठ व्यक्ति प्रोफेसर अब्दुल गनी भटले दशकौंसम्म जम्मू-कश्मीरको राजनीतिक परिदृश्यमा एक महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande