पूर्व प्रमुखको खुलासाः शिक्षामन्त्री बन्नपूर्व नै स्कूल नियुक्ति घोलाटामा सक्रिय थिए पार्थ च्यटर्जी
पूर्व प्रमुखको खुलासाः शिक्षामन्त्री बन्नपूर्व नै स्कूल नियुक्ति घोलाटामा सक्रिय थिए पार्थ च्यटर्जी


कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। बहुचर्चित शिक्षक नियुक्ति घोटालामा एउटा महत्वपूर्ण खुलासा भएको छ। पश्चिम बंगाल स्कूल सेवा आयोग (डब्ल्यूबीएसएससी)- का पूर्व अध्यक्ष चित्तरञ्जन मण्डलले आफ्नो बयानमा सीबीआईलाई बताएका छन्, तृणमूल कंग्रेस महासचिव र पूर्व मन्त्री पार्थ च्यटर्जीले शिक्षा विभागको जिम्मेवारी ग्रहण गर्न अगावै अनियमित नियुक्तिहरूको निम्ति दबाव दिन शुरू गरेका थिए। मण्डलको बयानलाई सीबीआईको विशेष अदालतमा पनि पेश गरिएको छ। बयान मुताविक वर्ष 2011-2013 बीच उनी आयोगको अध्यक्ष पदमा आसिन थिए। त्यसताक पार्थ च्यटर्जीले उद्योग एवं वाणिज्य विभागलाई सम्हालिरहेका थिए भने शिक्षा विभाागको जिम्मेवारी वर्तमान मन्त्री ब्रात्य बसुसित थियो। मण्डलानुसार बसुले कहिल्यै पनि अवैध नियुक्तिको निम्ति चाप दिएनन्। तर च्यटर्जी र तत्कालीन तृणमूल महासचिव एवं राज्यसभा सदस्य मुकुल रायले निरन्तर चाप दिरहेका थिए। त्यसैले उनले आफ्नो चार वर्षको कार्यकाल पूरा गर्न अगाड़ि नै दुई वर्ष छः महिना बित्दा पद त्याग्ने निर्णय लिए।

गवाही अवधि बचाउ पक्षका वकिलले मण्डलसित सोधे, के उनी कुनै राजनीतिक दलको चुनावी घोषणा-पत्रसित जोड़िएका छन्? जवाफमा मण्डलले स्वीकार गरे, वर्ष 2019-को आम चुनाउपूर्व उनी भाजपामा सामेल भए अऩि वर्ष 2024-को लोकसभा चुनाउको लागि घोषणा-पत्र समितिका सदस्य पनि भए। तथापि उनले यो स्पष्ट पारे, नियुक्ति घोटालासित सम्बन्धित बयान उनले भाजपामा रहेकोले दिएका होइनन्, उनीमाथि कुनै प्रकारको दबाव थिएन।

यस मामिलामा गवाहहरूको बयान दर्ता गर्ने प्रक्रिया शनिवार र सोमवार पनि जारी रहनेछ। त्यसपछि अभियोजन अनि बचाउ पक्षका तर्क अनि प्रतितर्क अदालतमा शुरू हुनेछ।

सीबीआईका एकजना अधिकारीले बताएका छन्, मण्डलको बयान अत्यन्त महत्वपूर्ण छ। यसलाई विशेष नोटको रूपमा अदालतमा पेश गरिएको छ। सम्पूर्ण जाँच यसै बिन्दुमाथि केन्द्रित भएको छ कि यस सम्पूर्ण भ्रष्टाचारको केन्द्रमा पार्थ च्यटर्जी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande