थानझोड़ा चिया बगानमा पूजा बोनसको मागमा प्रदर्शन
थानझोड़ा चिया बगानमा पूजा बोनसको मागमा प्रदर्शन


सिलगढ़ी, 20 सेप्टेम्बर (हि.स)। राज्य सरकारले आदेश दिएको भए पनि केही चिया बगान प्रबन्धकहरूले पूजा बोनस दिनका लागि आनाकानी गरिरहेका छन्। यसको विरोधस्वरूप उत्तर बंगालका केही चिया बगानहरमा प्रदर्शन भइरहेको छ।यसरी नै सिलगढ़ी महकुमाको खोरीबाड़ीस्थित थानझोड़ा चिया बगानका श्रमिकहरू पनि शनिवार बोनसको मागलाई लिएर आन्दोलनमा सामेल भए।

बिहानदेखिकै काम बन्द गरेर श्रमिकहरूले आन्दोलन गरिरहे। श्रमिकहरूको आरोप छ, गत 15 सेप्टेम्बरमा बगान प्रबन्धकले बनोस दिने आश्वासन दिएका थिए, तर अहिलेसम्म बोनस दिएको छैन। यहाँसम्म कि श्रमिकहरूले पछिल्लो वेतन पनि पाएका छैनन्। बगान प्रबन्धकले बोनस दिन आनाकानी गरिरहेको छ। त्यसैले श्रमिकहरूले काम बन्द गरेर आन्दोलन शुरू गरेका हुन्। यदि आगामी दुई दिनभित्रमा बोनस दिइएन भने आन्दोलनले उग्र रूप लिनसक्छ। श्रमिकहरूको विरोध अवधि बगान अधिकारीहरू कसैलाई पनि देखिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande