एसआईआरः राहुल गान्धीले बिहारमा जुन भूमिका निभाएका छन्, त्यस्तै बंगालमा पनि हुनेछः बोस
एसआईआरः राहुल गान्धीले बिहारमा जुन भूमिका निभाएका छन्, त्यस्तै बंगालमा पनि हुनेछः बोस


कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। राहुल गान्धीले बिहारमा जस्तो भूमिका निर्वाह गरेका छन्, पश्चिम बंगाल र अन्य राज्यहरू जस्तै असम, केरल र तमिलनाडुमा पनि त्यस्तै भूमिका निर्वाह गर्नेछन् जहाँ आगामी वर्ष चुनाउ हुने तय भएको छ। बिहारमा राहुल गान्धीको नेतृत्वमा भइरहेको आन्दोलनले कंग्रेसलाई राजनीतिक बढ़त प्राप्त भएको छ साथै सम्पूर्ण इण्डी गठबन्धनलाई शक्ति प्रदान गरेको छ। सो मन्तव्य कंग्रेस नेता तथा अर्थशास्त्री प्रसेनजीतत बोसले शनिवार व्यक्त गरेका हुन्।

हालैमा कंग्रेसमा सामेल भएका बोसले भने, चुनाउ आयोगले यदि बिहारमा जस्तै पश्चिम बंगालमा पनि त्यै गल्ती आगामी विधानसभा चुनाउमा गर्छ भने यहाँ पनि कंग्रेस सांसद राहुल गान्धी स्वयंले विशेष गहन पुनरीक्षण (एसआईआर) विरोधी आन्दोलनको नेतृत्व गर्नेछन्। उनले भने, तथापि पश्चिम बंगाल चुनाउमा भ्रष्टाचार, महिला एवं बाल-बालिकाहरूविरूद्ध अत्याचार, भाजपाशासित राज्यहरूमा बंगाली भाषी प्रवासीहरूमाथि कथित उत्पीड़न जस्ता मुद्दा हावी हुनेछ। तर एसआईआरको प्रक्रिया शुरू हुनसाथ यो केन्द्रमा आउनेछ।

तृणमूल कंग्रेस (टीएमसी)-सित सम्भावित तालमेललाई लिएर उनले भने, यो पूर्ण रूपले सत्तासिन दलमाथि निर्भर गर्नेछ। ममता ब्यनर्जी र अभिषेक ब्यनर्जी लगातार ‘एकला चलो रे’- को नीतिमा हिँड़िरहेका छन्। कंग्रेेस सीट बाँड़फाँड़को लागि भिखको कटौरा लिेर उनीहरू सामु जानेछैन। बोसले भने, बिहारमा भएको विरोध तथा उच्चतम अदालतको हस्तक्षेप पश्चात सम्भवतः चुनाउ आयोगले पश्चि बंगालमा नरम नीति अप्नाउनेछ, तर टीएमसी प्रशासनमाथि प्रश्न उठाउँदै भने, उसको निष्पक्ष चुनाउ गराउने प्रतिष्ठा शून्य छ। राज्य प्रशासन पूर्ण रूपले टीएमसीको दबावमा चल्छ। बीएलओ जो मूल रूपमा तृणमूलसित जोड़िएका छन्,-माथि निष्पक्ष एसआईआर गराउने भरोसा गर्न सकिँदैन।

इण्डिया गठबन्धनको मुद्दामा बोसले भने, बिहारमा विपक्षी एकजुटता कुनै ठोस मुद्दामा बनिएको छ भने पश्चिम बंगालमा अहिलेसम्म ठोस साझा कार्यक्रमको अभाव छ। मानिसहरूले त्यस्तो गठबन्धनमाथि भरोसा गर्दैनन् जोसित ठोस राजनीतिक कार्यक्रम छैन। बिहारमा साझा एजेण्डा छ जसबाट व्यापक राजनीतिक एकता बनिएको छ। आगामी सीट बाँड़फाँड़मा पनि यो विश्वनीयता कायम रहनेछ, तर बंगालमा यस्तो कहिल्य भएकै छैन।

जेएनयू छात्र राजनीतिबाट चर्चित औ एसआईआरका प्रमुख रणनीतिकार रहिसकेका बोसले गत 15 सेप्टेम्बरको दिन कोलकातामा कंग्रेसको सदस्यता ग्रहण गरेका थिए। यसपूर्व उनी 2012 सालमा मार्क्सवाद कम्युनिस्ट पार्टी (माकपा)-देखि अलग्गिएका थिए जतिबेला पार्टीले प्रणब मुखर्जीको राष्ट्रपति पदलाई समर्थन गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande