महालयपूर्व मौसमको अलर्ट, पूजामा वर्षाको छाया
महालयपूर्व मौसमको अलर्ट, पूजामा वर्षाको छाया


कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। आइतवार महालयासितै पितृपक्षको समापन र देवीपक्षको शुरूआत हुन्छ। अर्थात दुर्गा पूजा उत्सवको उल्टो गन्ती अब शुरू भइसकेको छ। तर यस उत्सवपूर्व नै मौसम विभागले वर्षा हुने चेताउनी जारी गरेको छ जसबाट पण्डाल प्रेमी तथा आयोजकहरूको चिन्ता बढ़्नसक्छ।

मौसम विभाग अनुसार महालयाको बिहान वर्षा हुने सम्भावना अहिलेसम्म छैन। तथापि अपरान्हपछि दक्षिण बंगालका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। आगामी सोमवार र मंगलवार राज्यका लगभग सबै जिल्लाहरूमा यस्तै किसिमको मौसम रहने पूर्वानुमान छ। बुधवारदेखि वर्षाको तीव्रता बढ़्नसक्छ।

यसबीच 25-26 सेप्टेम्बरमा बंगालको खाड़ीमा एक निम्न दबाव क्षेत्र बन्ने सम्भावना व्यक्त गरिएको छ। मौसम वैज्ञानिकहरूको मान्यता छ, यो बढ़्दै गएर गहिरो निम्न दबावमा परिणत हुनसक्छ। यसको प्रभावले पूजा अवधि राज्यभरि नै वर्षा हुने सम्भावालाई अस्वीकार गर्न सकिँदैन।

यस अतिरिक्त आगामी 26 सेप्टेम्बरमा बंगालको खाड़ीमा फेरि अर्को निम्न दबाव बन्नसक्छ। यसको प्रभावले दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा फेरि हल्कादेखि मध्यम वर्षा हुनसक्छ। नवमीदेखि वर्षा अझ तीव्र हुनेछ। कतिपय जिल्लाहरूमा कतै घना वर्षा हुने अनुमान छ।

उत्तर बंगालमा पनि भारी वर्षा हुनसक्छ, तर कतिपय जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande