गान्तोक, 20 सेप्टेम्बर (हि.स.)। सदर पुलिस थाना क्षेत्र अन्तर्गत बलुवाखानीस्थित एसआईबी कम्प्लेक्समा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। अज्ञात आरोपी (हरू) ले सून र हिराका गर-गहनाहरू चोरी गरेको बताइएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, मूल रूपमा बिहार निवासी पीडितले अज्ञात आरोपी (हरू) उनको क्वार्टरमा प्रवेश गरेर लगभग तीन लाख रूपियॉंको सून र हिराका गर-गहनाहरू चोरी गरेको शिकायत दर्ता गरेका छन्। पुलिसले घटनाको सम्बन्धमा भारतीय न्याय संहिताको धारा 305(ए)/331(3)/331(4) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल