नयाँ दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। आफ्नो समयकी चर्चित अभिनेत्री दुर्गा खोटेको 22 सेप्टेम्बर 1991 मा निधन भयो। उनले हिन्दी र मराठी सहित लगभग 200 भन्दा धेरै फिल्महरूमा शानदार अभिनय गरिन्। आरम्भिक फिल्महरूमा नायिकाको भूमिका निभाएपछि उनले धेरै चरित्र भूमिकाहरूमा पनि यादगार अभिनय गरिन्। साल 1975 मा उनलाई फिल्म विदाईको निम्ति सर्वश्रेष्ठ सहायक अभिनेत्रीको फिल्मफेयर पुरस्कार प्राप्त भयो। साल 1983 मा उनलाई भारतीय सिनेमामा आजीवन योगदानको निम्ति भारतीय सिनेमाको सर्वोच्च दादा साहब फाल्के पुरस्कार प्राप्तभयो। मराठीमा लेखिएको आफ्नो आत्मकथा मी दुर्गा खोटे (हिन्दी अनुवाद म दुर्गा खोटे नामले प्रकाशित) मा उनले आफ्नो जीवन संघर्षहरूको विवरण दिएकी छन्।
अन्य अहम घटनाक्रमः
1789 - अमेरिकी कांग्रेसले पोस्टमास्टर जनरलको कार्यालयलाई अधिकृत गऱ्यो। 1792 - फ्रान्स गणराज्यको स्थापनाको घोषणा गऱ्यो।
1903 - अमेरिकी नागरिक इटालो मार्चिओनीलाई आइसक्रीम कोनको निम्ति पेटेन्ट दिइयो।
1914 - मद्रास बन्दरगाहमा जर्मन युद्धपोत इम्देनले बमबारी गऱ्यो।
1949 - सोवियत संघले पहिलो परमाणु बमको सफलतापूर्वक परीक्षण गऱ्यो।
1955 – ब्रिटेनमा टेलीविजनको व्यावसायीकरण शुरू भयो। यसमा प्रत्येक घण्टा केवल छह मिनटमै विज्ञापनको प्रसारणको अनुमति दिइयो र आइतवार बिहान यसलाई चलाउने अनुमति थिएन।
1961 - अमेरिकी राष्ट्रपति जन एफ केनेडीले शान्ति कोरको स्थापनाको निम्ति कांग्रेसको अधिनियममा हस्ताक्षर गरे।
1966 - अमेरिकी यान ‘सर्वेयर 2’ चन्द्रमाको सतहसित ठोकियो।
1977 - अमेरिकी फुटबल टीम पेलेको नेतृत्वमा दुई प्रदर्शनी म्याच खेल्न कलकत्ता (अब कोलकाता) पुग्यो।
1980 - ईरान र इराकबीच जारी सीमा संघर्ष युद्धको रूपमा परिवर्तित भयो।
1988 - कनाडाको सरकारले द्वितीय विश्वयुद्धमा जापान र कनाडाका नागरिकहरूको नजरबन्दीको निम्ति माफी माग्यो र क्षतिपूर्ति दिने वाचा पनि गऱ्यो।
1992- संयुक्त राष्ट्र महासभाले बोस्निया र हर्जेगोविनाबीच युद्धमा भूमिकाको निम्ति यूगोस्लावियालाई निष्कासित गऱ्यो।
2002 – फ़्रान्सले आइवरी कोस्टमा आफ्नो सेना पठायो।
2006 - अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनको कन्स्ट्रक्शन मिशनमा गएको अटलान्टिस स्पेश क्राफ़्ट सकुशल अमेरिकाको केनेडी स्पेस सेन्टरमा उत्रियो।
- नेशनल केडिट कोरको 10 सदस्यीय दल मस्कोको निम्ति प्रस्थान भयो
2007 – ईरानले 1800 किलोमीटरको मारक क्षमताको मिसाइल धद्रको प्रदर्शन गऱ्यो।
- नासाको एअर क्राफ़्टले मंगल ग्रहमा गुफाहरू जस्तो सात आकृतिको पत्तो लगायो।
जन्म
1979 - रोहित सरदाना - भारतीय समाचार प्रस्तोता थिए।
1950 - पवन कुमार चामलिङ - भारतका सिक्किम राज्यका पूर्व मुख्यमन्त्री तथा राजनीतिक दल 'सिक्किम डेमोक्रेटिक फ्रन्ट' का संस्थापक।
1869 - वी. एस. श्रीनिवास शास्त्री - भारतीय समाज सुधारक।
1853 - शारदा देवी - रामकृष्ण परमहंसकी जीवन संगिनी।
निधन
2020 - आशालता वाबगांवकर - मराठी र हिन्दी फिल्महरूका चर्चित अभिनेत्रीहरूमध्ये एक थिइन्।
2011 - मंसूर अली खान पटौदी- मशहूर भारतीय क्रिकेटर थिए।
1991 - दुर्गा खोटे- हिन्दी र मराठी फिल्महरूकी सुप्रसिद्ध अभिनेत्री।
हिन्दुस्थान समाचार / भवानी थामी