विदेशी दादागिरी विरूद्ध एकजुट हुनका सट्टा विपक्षले प्रधानमन्त्री मोदीलाई गरिरहेछ लक्षित- कंवल सिब्बल
विदेशी दादागिरी विरूद्ध एकजुट हुनका सट्टा विपक्षले प्रधानमन्त्री मोदीलाई गरिरहेछ लक्षित- कंवल सिब्बल


नयाँ दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। विदेशी दादागिरी विरूद्ध एकजुट हुनका सट्टा विपक्षले प्रधानमन्त्री मोदीलाई लक्षित गरिरहेको छ, यो भनाई पूर्व विदेश सचिव कंवल सिब्बलको रहेको छ। उनी अनुसार, भारत विरूद्ध ट्रम्पको विरोधी कदमहरूका लागि प्रधानमन्त्री मोदीलाई दोषी ठहर गर्नु हाम्रो प्रतिरोधलाई कमजोर गर्दछ।

पूर्व विदेश सचिवको यो बयान ट्रम्प प्रशासनको तर्फबाट एच1बी भीसाको फीस बढ़ोतरीलाई लिएर आएको हो। एच1बी भीजाका अधिकतर लाभार्थी भारतीय हुन्। भारतीयहरूले अमेरिकी कम्पनीहरूमा प्रोफेशनलको कमीलाई पूरा गर्दछ। उनको यस बयानलाई संसदीय कार्य मन्त्री किरेन रिजिजूले साझा गर्दै भनेका छन्, कंवल सिब्बल अत्यन्त बुद्धिजीवी, पूर्ण रूपमा एक गम्भीर र विद्वान राजनयिक हुन्, जो आफ्नो तीखो र अत्यन्त प्रासंगिक विचारहरूका लागि चिनिन्छन्। म उनको पीड़ा बुझ्छु, जसले उनलाई कांग्रेस अध्यक्षलाई यो शानदार सुझाउ दिन बाध्य गऱ्यो। हामीसित राजनीति गर्नका लागि पर्याप्त समय र स्थान छ तर जब राष्ट्रिय हितहरूको कुरा आउँछ, हामी सबैले भारतको निम्ति बोल्नुपर्छ।

कांग्रेस अध्यक्षले ट्रम्प प्रशासनको फसेलामा मोदी सरकारमाथि टिप्पणी गरेका थिए। उनले भनेका थिए, भारतीय राष्ट्रिय हित सर्वोपरि छ। गला लगाउनु, खोक्रो नारा लगाउनु, संगीत कार्यक्रम आयोजित गर्नु र मानिसहरूबाट मोदी-मोदी को नारा लगाउनु विदेश नीति होइन। विदेश नीति हाम्रो राष्ट्रिय हितहरूको रक्षा गर्ने, भारतलाई सर्वोपरि राख्ने र समझदारी र संतुलनको साथ मित्रता निभाउनबारे हो। यसलाई केवल देखावटी मान्न सकिँदैन, जसबाट हाम्रो दीर्घकालिक प्रतिष्ठालाई नोकसान पुऱ्याउने खतरा होस्।

यसमा पूर्व राजनयिक सिब्बलले भनेका थिए, ट्रम्पले आफ्ना सहयोगीहरू समेत सबैको साथ अनौठो व्यवहार गरिरहेका छन्। उनले यूरोप, जापान, दक्षिण कोरिया, कनाडा, मेक्सिकोलाई पनि यसैगरी अपमानित गरेका छन्। उनले सोधे, के विपक्ष यस विरूद्ध छ कि भारतले आफ्नो विदेश नीतिबारे अमेरिकाको निर्देशहरूलाई मान्न खारेज गरेको छ ? हामीले पाकिस्तान विपरीत, ट्रम्पको सद्भावना अर्जित गर्नका लागि उनको परिवार र निकट सहयोगीहरूको साथ कुनै व्यापारिक समझौता गरेका छैनौं, जसमाथि कुनैपनि स्थितिमा विश्वास गर्न मिल्दैन। घरेलू राजनीतिको निम्ति एक गम्भीर बाहिरी चुनौतीको फायदा उठाउने प्रयास किन गर्ने ?

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande