बंगालमा संघको शताब्दी वर्षः हरेक नगर, हरेक खण्डमा पथ संचलन कार्यक्रमको शुरूआत
संघ


पश्चिम बंगाल, 21 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को शताब्दी वर्ष विशेष कार्यक्रमको सूचीबद्ध तयनुसार आज 21 सेप्टेम्बरमा पूरा पश्चिम बंगालमा एकसाथ पथ संचलन कार्यक्रमहरूको शुरूआत भयो। आइतवार बिहानदेखिकै राज्यका विभिन्न नगरहरू र खण्डहरूमा निर्धारित समयानुसार पथ संचलन र स्वयंसेवकहरूको एकत्रीकरण शुरू भयो। पथ संचलन कहिले बिहान त कहिले साझँको समय गरिँदैछ।

संघले यस वर्ष आफ्नो शताब्दी वर्ष पालन गरिरहेको छ। यही क्रममा वर्षभरि नै चल्ने विविध आयोजनहरूको सूचीमा पहिलो प्रमुख कार्यक्रम पथ संचलन राखिएको छ। यसको माध्यमले अनुशासन, संगठन र राष्ट्रभावनाको सन्देश समाजसम्म पुऱ्याइँदैछ।

उल्लेख्य, समाजमा सकारात्मक बदलाव ल्याउन संघले पंच परिवर्तनको आवश्यकता बताएको छ, जसमा स्वदेशी, कुटुम्ब प्रबोधन, सामाजिक समरसता, पर्यावरण र नागरिक कर्तव्य सामेल छन्। यही पाँच विषयहरूलाई ध्यानमा राखेर त्यही दिशामा बढ्दै आगामी कार्यक्रमहरूको योजना पनि बनाइएको छ।

पश्चिम बंगालको हरेक नगर र हरेक खण्डमा आज स्वयंसेवकहरूको एकत्रीकरण शुरू भयो। स्वयंसेवक पूर्ण गणवेशमा कतारबद्ध भएर घोषवाद्यका धुनहरूमा नगर भ्रमणको निम्ति निस्के। ठाउँ-ठाउँ नागरिकहरूले पुष्पवर्षा गरी उनीहरूको स्वागत गरिरहेका छन्। घोष, गीत र देशभक्तिका नाराहरूले पूरा वातावरण गूञ्जिरह्यो।

प्रान्त स्तर र जिल्ला स्तरका वरिष्ठ पदाधिकारी पनि विभिन्न स्थानहरूमा उपस्थित भएर कार्यक्रमको मार्गदर्शन गरिरहेका छन्। वक्ताहरूले भने, शताब्दी वर्ष केवल उत्सवको अवसर नभएर यो व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व स्तरमा सकारात्मक परिवर्तनको संकल्प लिने समय हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande