पूर्वी चम्पारणको घोड़ासहनमा पक्रा परे 5 संदिग्ध विदेशी नागरिक
एसएसबी


पूर्वी चम्पारण, 21 सेप्टेम्बर (हि.स.)। बिहारको पूर्वी चम्पारण जिल्लाको घोड़ासहन क्षेत्रबाट पुलिस र सशस्त्र सीमा बल (एसएसबी) ले संयुक्त कारबाही गर्दै पाँच संदिग्ध विदेशी नागरिकहरूलाई पक्राउ गरेको छ। पक्रा परेका विदेशी नागरिकहरूसित सोधपुछ भइरहेको छ।

सुरक्षाबलहरूको हातमा परेका विदेशी नागरिक नेपालको बाटो बिहार पुगेका थिए। सबै अन्धकारमा एक यात्री बसमा सवार थिए। पक्रा पर्नेहरूमा चार सूडानी र एक बोल्वियाको नागरिक सामेल छ। यिनीहरूदेखि उर्दूमा लेखिएको नोट्स, केही पुस्तक र दस्तावेज जफत भएको छ।

सुरक्षाबलहरू अनुसार, शनिवार अबेर राति एसएसबीलाई केही संदिग्ध विदेशीहरूले पटना जाने दाउ गरिरहेको र सीमा स्थित अगरवा गाउँबाट निस्केको सूचना प्राप्त भएको थियो। एसएसबीका अधिकारीहरूले तत्काल यसको सूचना पुलिसलाई दिए, जसपछि एसएसबी र पुलिसको एक संयुक्त टीमले घोड़ासहन बस स्ट्याण्ड पुगेर तलाशी शुरू गरे औं एक निजी बसमा सवार सबै विदेशी नागरिकलाई हिरासतमा लिइयो।

पुलिसले बतायो, सुरक्षा एजेन्सीको टीमले सबैसित सोधपुछ गरिरहेको छ। पक्रा पर्नेहरूको आयु 30 देखि 40 वर्षबीच छ। पुलिसले उनीहरूदेखि प्राप्त कागजपत्रहरूको जाँच गरिरहेको छ।

पूर्वी चम्पारणका पुलिस अधीक्षक स्वर्ण प्रभातले बताए, पक्रा पर्नेहरूको पहिचान सूडान निवासी अब्दुल फितह (44), रमा सिद्दीकी (38), अली अब्दुल गफ्फार (27), अहमद डफआला (37) तथा बोलिविया निवासी मिगुएल सोलानो चावेजको रूपमा गरिएको छ। सोधपुछमा सूडानी नागरिकहरूले पढ़ाई गरेको कुरा स्वीकार गरेका छन्। यद्यपि, सबै नेपालको बाटो बिहार आउनलाई लिएर कुनै स्पष्ट जानकारी दिन सकेनन्। यिनीहरूसित आईबीका अधिकारीहरूले पनि सोधपुछ गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande