नयॉं दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। आज आइतवार पितृ अमावस्या हो, यसका साथै पितृ पक्षको आज अन्तिम दिन पनि हो। अश्विन मासको अमावस्यामा पितृ पक्षको अन्तिम दिन हुन्छ। यस दिन अन्तिम श्राद्ध र तर्पणपछि पितृ विदा हुन्छन्।
सनातन धर्ममा पितृ पक्षको विशेष महत्व छ। यी 15 दिनमा पितृहरूको आत्माको शान्तिको लागि श्राद्ध, तर्पण र पिण्डदान गरिन्छ। मान्यता अनुसार, पितृ पक्षको समयमा हाम्रा पूर्वजहरू धरतीमा आउॅंछन् र दु:खहरू हटाएर फर्किन्छन्।
पितृ पक्षको शुरुवात भाद्रपद पूर्णिमादेखि हुन्छ र आश्विन अमावस्याको दिन यसको समापन हुन्छ। यस पटक 7 सेप्टेम्बरदेखि शुरू भएको पितृ पक्ष आज 21 सेप्टेम्बरमा समाप्त भइरहेको छ। आज महालया अमावस्या हो र पितृ पक्षको अन्तिम दिन। अमावस्या श्राद्धलाई सर्वपितृ मोक्ष अमावस्या पनि भनिन्छ। यस दिन श्राद्ध गर्नाले पुर्खाहरूलाई मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता रहिआएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी