गायक जुबीन गर्गको पार्थिव शरीर उनको पैतृक आवास कहलीपारा ल्याइयो, प्रशंसकहरूको लाग्यो भीड
गायक जुबीन गर्गको पार्थिव शरीर उनको पैतृक आवास कहलीपारा ल्याइयो


गुवाहाटी, 21 सेप्टेम्बर (हि.स.)। असमका महान गायक जुबीन गर्गको पार्थिव शरीर आइतवार गुवाहाटी हवाई अड्डाबाट कहलीपारास्थित उनको आवासमा ल्याइएको छ। जुबीन गर्गलाई श्रद्धाञ्जली अर्पित गर्न भारी संख्यामा उनका प्रशंसकहरूको उपस्थिति थियो। मानिसहरू आफ्ना प्रिय गायकलाई अन्तिम विदाई दिन सडक किनारमा लामबद्ध भएर बसेका थिए।

सिङ्गापुरबाट गए राति जुबीन गर्गको पार्थिव शरीर दिल्लीको हवाई अड्डा ल्याइयो। यहॉं मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दिवंगत गर्गलाई श्रद्धाञ्जली अर्पित गरे। यसपछि, आज बिहान शव दिल्लीबाट गुवाहाटीको लागि पठाइयो।

गुवाहाटीको बोरझारस्थित लोकप्रिय गोपीनाथ बोरदलोई अन्तरराष्ट्रिय हवाई अड्डामा जुबीन गर्गलाई श्रद्धाञ्जली अर्पित गरिनुका साथै फूलहरूले सजाइएको वाहनमा उनको पार्थिव शरीरलाई राखेर काहिलीपारास्थित आवासको लागि प्रस्थान गराइयो। यस क्रममा सडक किनारमा प्रशंसकहरू ब्यानर र फूलहरू लिएर उभिएका थिए।

अधिकारीहरूले भारी भीडलाई नियन्त्रित गर्न र सुगम मार्ग सुनिश्चित गर्नका लागि मार्गमा अतिरिक्त सुरक्षा बल तैनात गरेका थिए। ब्यारिकेड्स र निर्दिष्ट लेन बनाइएको थियो र अन्तिम यात्रा वाहनलाई कहलीपारातिर सुरक्षित रूपमा अगाडि बढाउनका लागि यातायातलाई नियन्त्रित गरिएको थियो।

पार्थिव शरीरलाई निवासमा पुऱ्याइएपछि गर्गका बिरामी पितासहित परिवारका सदस्यहरूद्वारा श्रद्धाञ्जली अर्पित गर्नका लागि लगभग एक घण्टासम्म राखियो। यसपछि पार्थिव शरीरलाई प्रशंसकहरूको दर्शनार्थ सरुसजाईस्थित अर्जुन भोगेश्वर बरुवा खेल परिसर लगियो।

उल्लेखनीय छ, जुबीन गर्गको निधनमा राज्य सरकारले असममा तीन दिवसीय राजकीय शोकको घोषणा गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande