पीयूष गोयल व्यापार वार्ताको लागि सोमवार अमेरिका भ्रमणमा जाने
piyush goyal


नयॉं दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल सोमवार 22 सेप्टेम्बरका दिन व्यापार वार्ताको लागि अमेरिकाको भ्रमणमा जानेछन्। उनको नेतृत्वमा एक आधिकारिक प्रतिनिधिमण्डल अमेरिकी पक्षसॅंग बैठकको लागि भ्रमणमा जानेछ।

वाणिज्य एवं उद्योग मन्त्रालयले एक बयानमा भने, पीयूष गोयलको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिकी पक्षसॅंग बैठकको लागि संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानेछ। वाणिज्य मन्त्रीसॅंग मन्त्रालयमा विशेष सचिव राजेश अग्रवाल र अन्य अधिकारीहरू पनि जानेछन्। गोयलले यस यात्राको क्रममा अमेरिकी टीमसॅंग भेट गरेर व्यापार सम्झौतालाई पूरा गर्न प्रयास गर्नेछन्।

मन्त्रालय अनुसार, प्रतिनिधिमण्डलको यात्राको उद्देश्य दुवै देशबीच पारस्परिक रूपले लाभकारी व्यापार सम्झौतामाथि चर्चालाई अगाडि बढाउनु हो। यस अघि अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयका अधिकारीहरूको एक दल 16 सेप्टेम्बरमा भारत आएको थियो। यस क्रममा व्यापार सम्झौताका विभिन्न पक्षहरूमाथि सकारात्मक चर्चा भएको थियो र यस सम्बन्धमा प्रयासहरूलाई तीव्र बनाउन निर्णय लिइएको थियो।

उल्लेखनीय छ, केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब अमेरिकाले एच-1बी वीजाको शुल्क बढाउने घोषणा गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande