नयाँ दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भोली पूर्वोत्तरका दुई राज्यहरू अरूणाचल प्रदेश र त्रिपुराको दौड़ाह गर्नेछन्। प्रधानमन्त्रीले यहाँ अरूणाचल प्रदेशको इटानगरमा 5100 करोड़को विकास कार्यहरूको सौगात दिनेछन् भने त्रिपुरामा माता त्रिपुर सुन्दरी मन्दिर परिसरको विकास कार्यको नींव राख्नेछन्। उनले मन्दिरमा पूजा र दर्शनको साथ इटानगरमा सार्वजनिक कार्यक्रमलाई पनि सम्बोधित गर्नेछन्। उनले तवांगमा अत्याधुनिक कन्वेन्शन सेन्टरको आधारशिला पनि राख्नेछन्।
प्रधानमन्त्री कार्यालय अनुसार, प्रधानमन्त्रीले ईटानगरमा 3,700 करोड़ रूपियाँभन्दा अधिकको लागतको दुई प्रमुख जलविद्युत परियोजनाहरूको आधारशिला राख्नेछ।
हेओ जलविद्युत परियोजना (240 मेगावाट) र टाटो-I जलविद्युत परियोजना (186 मेगावाट) अरुणाचल प्रदेशको सियोम उप-बेसिनमा विकसित गरिनेछ।
प्रधानमन्त्रीले अरुणाचल प्रदेशको धार्मिक आस्थाको केन्द्र तवांगमा एक अत्याधुनिक कन्वेन्शन सेन्टरको आधारशिला राख्नेछन्। सीमान्त जिल्ला तवांगमा 9,820 फीटभन्दा पनि अधिकको उचाईमा स्थित यो केन्द्र राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मेलनहरू, सांस्कृतिक उत्सवहरू र प्रदर्शनीहरूको आयोजनको निम्ति एक महत्वपूर्ण सुविधाको रूपमा कार्य़ गर्नेछ।
त्रिपुरामा प्रधानमन्त्रीले तीर्थयात्रा पुनरुद्धार एवं आध्यात्मिक विरासत संवर्धन अभियान (प्रसाद) योजना अन्तर्गत माताबाड़ीमा 'माता त्रिपुर सुन्दरी मन्दिर परिसर' को विकास कार्यको उद्घाटन गर्नेछन्। यो मन्दिर त्रिपुराको गोमती जिल्लाको उदयपुर शहर स्थित प्राचीन 51 शक्तिपीठहरूमध्ये एक हो।
उल्लेख्य, प्रधानमन्त्रीले हालमा पूर्वोत्तरका तीन राज्यहरू मणिपुर, मिजोरम र असमको दौड़ाह गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी