नयाँ दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले अन्तरराष्ट्रिय शान्ति दिवसमा भारतको विविधता र संवादको परम्परा आजको अशान्त विश्वको निम्ति आशाको किरण रहेको बताएका छन्। यो दिवस हरेक साल संयुक्त राष्ट्रद्वारा मनाइन्छ, उनले भने।
खरगेले सोशल मीडिया प्लेटफार्म एक्समा लेखेका छन्, महात्मा गान्धीको अहिंसाको पाठ घृणा र हिंसालाई कम गर्नमा सहयोगी प्रमाणित हुनसक्छ। उनले मानिसहरूसित युद्ध र असमानता विरूद्ध एकजुट भएर खड़ा हुने अपील गरे।
कांग्रेस अध्य़क्षले यस अवसरमा देशका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई पनि याद गरे। उनले नेहरूको कथन याद गर्दै भने, शान्ति मनको त्यो स्थिति हो, जुन आत्माबाट आउँछ। यो विचार यस सालको शान्ति दिवसको थीम शान्तिपूर्ण विश्वको निम्ति कदम उठाऊ- सित मेल खाँदछ, जसले सबैलाई एक गर्ने सन्देश दिँदछ।
हिन्दुस्थान समाचार / भवानी थामी