(अपडेट) कोइला र रक्सी घोटाला मामिलामा ईओडब्ल्यूले 10 ठेगानामा छापा माऱ्यो
कोइला


रायपुर, 21 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को कोइला र रक्सी घोटाला मामिलामा ईओडब्ल्यूको टीमले आइतवार ठूलो कारबाही गर्दै राजधानी रायपुर, बिलासपुर र दुर्गमा धेरै रक्सी कारोबारीहरूको घरमा छापा मारेको छ। राज्यभरिमा 10 ठेगानामा ईओडब्ल्यूले छापा मारेको छ।

रक्सी घोटाला मामिलामा ईओडब्ल्यूले राज्यका 10 ठेगानामा छापा मारेको छ। रायपुर, दुर्ग र बिलासपुरमा रक्सी कारोबारीहरूको घरमा छापा मारिएको छ। राजधानीमा तीनदेखि चार ठेगानामा छापा मारियो। रायपुरा स्थित शिव विहार कोलोनी स्थित रक्सी कारोबारी अवधेश यादवको घरमा ईओडब्ल्यूको टीम पुगेको छ, जहाँ दस्तावेजहरूको जाँच गरिरहेको छ।

यसैगरी दुर्ग र बिलासपुरमा पनि टीमले छापामारीको कारबाही गरी जाँच गरिरहेको छ। जांजगीर-चाम्पा जिल्लाको अकलतरामा ईओडब्ल्यूको 12 सदस्यीय टीमले खनिज अधिकारीका छोराका ठेगानाहरूमा छापा मारेको छ। यहाँ कोइला व्यापारी जयचन्द कोसलको अम्बेडकर चौक स्थित घरमा छापामाको कारबाही गरिएको छ। जयचन्द कोसलका पिता जांजगीर जिल्लामै राजस्व विभागम पदस्थ रहेको बताइएको छ। ईओडब्ल्यूको यस छापामारीको कारबाहीले एक पल्ट फेरि खैलाबैला मच्चेको छ।

उल्लेख्य, छत्तीसगढ़को पूर्ववर्ती कांग्रेस सरकारमा भएको रक्सी र कोइला घोटालामा अगावै धेरै अधिकारी र कारोबारी थुना परिसकेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande