इन्दौर, 23 सेप्टेम्बर (हि.स.)। देशमा मिनी मुम्बईको नामले प्रसिद्ध इन्दौर शहरको रानीपुरा क्षेत्रमा जवाहर मार्गमा प्रेमसुख टकीजको पछाड़ी एउटा पाँच तेल घर धस्कियो, जसमा दुई जनाले ज्यान गुमाएका छन्। अवशेषमा दबिएका कूल 14 जनामध्ये 12 जनालाई बचाइएको छ। यसको पुष्टि कलेक्टर शिवम वर्माले गरे। उनले बताए, बचाइएका मानिसहरूमध्ये एक जनाको खुट्टामा गम्भीर चोट लागेको छ र उसको उपचार गरिँदैछ।
अधिकारीहरू अनुसार, यो दुर्घटना राति लगभग 9 बजी जवाहर मार्गमा झण्डा चौक निकट दौलतगंजमा प्रेम टकीजको पछाड़ी भयो। सूचना पाउनसाथ नगर निगम र पुलिस प्रशासनको टीम घटनास्थलमा पुग्यो। तीन जेसीबीको माध्यमले राहत र बचाउ अभियान शुरू गरियो। वरपरका मानिसहरूले बताए अनुसार, यस घरमा छह परविरार बस्छन्। राहत र बचाउ अभियानमा एसडीईआरएफको टीमको पनि मद्दत लिँइयो।
हिन्दुस्थान समाचार / भवानी थामी