राहुल गॉंधीले बेरोजगारीलाई सबैभन्दा ठूलो संकट बताए
राहुल गाॅंधी


नयॉं दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। कांग्रेस सांसद एवं लोकसभामा नेता विपक्ष राहुल गॉंधीले मंगलवार केन्द्र सरकारमाथि भारतका युवाहरूको भविष्यसॅंग खेलवाड गरेको आरोप लगाउॅंदै बेरोजगारीलाई सबैभन्दा ठूलो संकट ठहर गरेका छन्।

राहुल गॉंधीले आफ्नो एक्स पोस्टमा भने, भारतमा युवाहरूको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो र यसको सोझो सम्बन्ध भोट चोरीसॅंग छ। जब कुनै सरकार जनताको विश्वास जितेर सत्तामा आउॅंछ, तब उसको पहिलो कर्तव्य भनेको युवाहरूलाई रोजगार र अवसर प्रदान गर्नु हो। उनले देशमा बेरोजगारी 45 सालको उच्चतम स्तरमा पुगेको दाबी पनि गरेका छन्।

उनले आरोप लगाउॅंदै भने, नोकरी घट्दै गइरहेको छ, भर्ती प्रक्रिया ध्वस्त भइसकेको छ र युवाहरूको भविष्य अन्धकार बन्दै गइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande