पोरबन्दर, 23 सेप्टेम्बर (हि.स.)। गुजरातको पोरबन्दरको तटमा समुद्रमा एक मालवाहक जहाज आगोमा घेरिएको छ। जनहानिदेखि बच्नका लागि प्रशासनले सावधानी अन्तर्गत चौपाटीमा मानिसहरूको आवाजाहीमा रोक लगाएको छ।
अधिकारीहरू अनुसार, पोरबन्दरको तटमा बिहान एक मालवाहक जहाजमा भीषण आगो लाग्यो। जामनगरबाट आएको 'हरि दर्शन' नामक जहाजमा लागेको आगोलाई निभाउन सकिएको छैन। घटनाको सूचना पाउनसाथ जिल्ला पुलिस प्रमख समेत
उच्चाधिकारी तुरन्तै चौपाटी पुगे।
जल्दै गरेको जहाजबाट अहिलेपनि धमाकाहरूको आवाज आइरहेको छ। शुरूआती अनुमान अनुसार, यो धमाका जहाजमा लागेको एलपीजी सिलेन्डरहरूको कारण भइऱहेको छ। अधिकारीहरूको भनाई छ, आगो निभाउने प्रयास जारी छ, तर अहिलेसम्म सफलता पाइएको छैन। आगो लागेको कारणहरूको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी