नागपुर, 23 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले आफ्नो सबै पर्व र उत्सव पारम्परिक हिन्दू पंचांग अनुसार मनाउँदछ। तर यस वर्ष संघको शताब्दी वर्षको उपलक्ष्यमा एक विशेष प्रयास गर्दै अंग्रेजी क्यालेन्डरको तारिक र हिन्दू पंचांगको तिथि दुवैको मेलको सन्तुलन स्थापित गरिएको छ।
पंचांग तिथि र अंग्रेजी तारिकको समन्वय
संघको स्थापना 27 सेप्टेम्बर 1925 मा डा. केशव बलीराम हेडगेवारद्वारा विजयादशमीको दिन, नागपुरमा गरिएको थियो। यस पाली शताब्दी वर्षको अवसरमा संघले अंग्रेजी तारिक र पंचांग तिथिमा समन्वय स्थापित गर्दै 27 सेप्टेम्बरमा पथसंचलन आयोजित गर्ने निर्णय लिएको छ। संघको मुख्य कार्यक्रम 02 अक्टोबरमा रेशीमबाग मैदानमा आयोजित हुनेछ।
पथसंचलन र कार्यक्रमको रूपरेखा
संघका अखिल भारतीय प्रचार प्रमुख श्री सुनील आम्बेकरले बताए, यस वर्ष 27 सेप्टेम्बरमा नागपुर शहरका तीन विभिन्न स्थानहरूबाट एकसाथ पथसंचलन शुरू हुनेछ। यस पथसंचनलमा हजारौं स्वयंसेवकहरूले भाग लिनेछन् र प्रमुख स्थलहरू जीरो माइल तथा वरायटी चौकमा शक्ति प्रदर्शन गरिनेछ। तीनै दल अन्ततः वरायटी चौक, सीताबर्डीमा एकत्र हुनेछन्, जहाँ सरसंघचालक डा. मोहन भागवतले पथसंचलनको निरीक्षण गर्नेछन्।
मुख्य कार्यक्रम 02 अक्टोबरमा
विजयादशमीको मुख्य आयोजन पंचांग अनुसार 02 अक्टोबरमा रेशीमबाग मैदानमा आयोजित गरिनेछ। यस अवसरमा पूर्व राष्ट्रपति श्री रामनाथ कोविन्द र सरसंघचालक डा. मोहन भागतव पनि सम्बोधन गर्नेछन्। आम्बेकर अनुसार, गत वर्ष विजयादशमी उत्सवमा 7,000 स्वयंसेवक गणवेशमा उपस्थित थिए। यस वर्ष यो संख्या तीन गुणा हुने सम्भावना छ।
अन्तरराष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति
यस वर्षको विजयादशमी उत्सवमा अमेरिका, थाईल्याण्ड, इन्डोनेशिया, दक्षिण अफ्रीका तथा घाना जस्ता देशहरूबाट अन्तरराष्ट्रिय प्रतिनिधिहरू सहभागी बन्नेछन्। साथै लेफ्टिनेन्ट जनरल राणा प्रताप कलिता, डेक्कन उद्योग समूहका श्री केवी कार्तिक तथा बजाज फिनसर्वका प्रबन्ध निदेशक श्री संजीव बजाज पनि यस कार्यक्रममा उपस्थित रहनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी