वायु प्रदूषणको समस्याको स्थायी समाधान जैव ईन्धन- गडकरी
गडकरी


नयाँ दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले दिल्ली सहित देशका धेरै शहर गम्भीर वायु प्रदूषणको चपेटमा रहेको, जसमा वाहनलाई सबैभन्दा ठूलो कारण बताएका छन्। दिल्लीको वायु प्रदूषणमा 40 प्रतिशत योगदान वाहनको छ र यस समस्याको स्थायी समाधान केवल वैकल्पिक ईन्धन अर्थात् जैव ईन्धन नै हो।

गडकरीले बुधवार भारत जैव उर्जा एवं प्रौद्योगिकी एक्सपोको उद्घाटन समारोहमा भने, जैव ईन्धन नीतिको आधार काँचो तेलको प्रतिस्थापना, प्रदूषण मुक्त वातावरण र घरेलू आवश्यकताहरूको पूर्तिको निम्ति स्वदेशी उर्जाको उपयोग तीन मिशनहरूमाथि निर्भर छ। कुनैपनि पनि समाज मजबुत बन्नमा अर्थव्यवस्था, पारिस्थितिकी र पर्यावरण तीन स्तम्भ हुन्छन्। आज पूरा विश्वले पारिस्थितिकी र पर्यावरणसित जोड़िएका चुनौतीहरूको सामना गरिरहेको छ।

उनले भने, कृषिलाई ऊर्जा र बिजुली उत्पादनतिर मोड्नु समयको माग हो किनभने जीवाश्म ईन्धनको तुलनामा जैव ईन्धन निक्कै सस्तो विकल्प हो। भारतले इथेनोलको अधिशेष उत्पादन निर्यात गर्नमाथि विचार गर्नुपर्छ। हामी पेट्रोलियम र वित्त मन्त्रीहरूसित यसमाथि छलफल गर्नेछौं। इथेनोलको उत्पादन 70 प्रतिशत खाद्यान्नबाट भइरहेको छ, जुन अधिशेष हो। भारत जैव ईन्धन उत्पादनमा अग्रणी बन्नुपर्छ।

उनले मकैबाट इथेनोल उत्पादनको अऩुमति दिनुलाई एक सफलताको गाथा बताए औं भने, यस कदमले मकैको बजार भाव 1,200 रूपियाँ प्रति क्विन्टलदेखि बढ़ेर 2,800 रूपियाँ प्रति क्विन्टल पुगेको छ, जसबाट किसानहरूको आयमा उल्लेखनीय बढ़ोतरी भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande