अवैध सट्टेबाजी एपसित जोड़िएको मनी लन्ड्रिङ मामिलामा सोनू सूद ईडी सामू पेश भए
सोनू


नयाँ दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। बलीवुड अभिनेता सोनू सूद बुधवार प्रवर्तन निदेशालय (ईडी) समक्ष पेश भए। अवैध अनलाइन सट्टेबाजी एप (‘वनxबेट’) सित जोड़िएको मनी लन्ड्रिङ मामिलामा ईडीले उनीसित सोधपुछ गरिरहेको छ।

आधिकारिक सूत्रहरू अनुसार, 52 वर्षीय अभिनेता सोनू सूद दिउँसो लगभग 12 बजी नयाँ दिल्ली स्थित केन्द्रिय जाँच एजेन्सीको कार्यालय पुगे। यस मामिलाका जाँच अधिकारीले अभिनेता सोनू सूदसित सोधपुछ गरी धन शोधन निवारण अधिनियम (पीएमएलए), 2002 अन्तर्गत उनको बयान दर्ता गर्नेछन्।

केन्द्रिय जाँच एजेन्सीले यस मामिलामा अहिलेसम्म पूर्व क्रिकेटरहरू सुरेश रैना, शिखर धवन, रोबिन उथप्पा र युवराज सिंह बाहेक पूर्व टीएमसी सांसद एवं अभिनेत्री मिमी चक्रवर्ती र बंगाली अभिनेता अंकुश हाजरासित सोधपुछ गरिसकेको छ। ईडीले मंगलवार भारतका पूर्व स्टार क्रिकेटर युवराज सिंहसित यही मामिलामा लगभग सात घण्टासम्म सोधपुछ गरेको थियो।

‘वनxबेट’ अनलाइन सट्टेबाजी ऐपको संचालनको जाँच, यस्तो प्लेटफार्म विरूद्ध ईडीको व्यापक जाँचको हिस्सा हो, जसमाथि करोड़ौं रूपियाँको ठगी गरेको र कथित रूपमा भारी मात्रामा प्रत्यक्ष र अप्रत्यक्ष करहरूको चोरी गरेको आरोप छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande