नयॉं दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। दक्षिण पश्चिम जिल्लाको वसन्त कुन्ज नर्थ थाना क्षेत्रमा स्वामी चैतन्यनन्द सरस्वती उर्फ डा. पार्थ सारथीमाथि गम्भीर आरोप लागेको छ। श्री शृंगेरी मठ एवं त्यसका सम्पत्तिहरूका प्रशासक पीए मुरलीको शिकायतमा पुलिसले मामिला दर्ता गरेको छ। यसपछि स्वामी बेपत्ता बनेका छन्।
स्वामीमाथि श्री शारदा इन्स्टीट्यूट अफ् इण्डियन म्यानेजमेन्टमा ईडब्ल्यूएस स्कलरशिपमा अध्ययनरत छात्राहरूसॅंग यौन उत्पीडन र अभद्रताको आरोप छ। पुलिसले जॉंचमा 32 छात्राहरूको बयान दर्ता गरेको छ। जस मध्ये 17 जनाले स्वामीमाथि अभद्रता, व्हाट्एएप, एसएमएसमा अश्लील सन्देश पठाएको र जबरजस्ती शारीरिक सम्पर्क बनाएको आरोप लगाएका छन्। पीडित छात्राहरूले संस्थानका केही महिला संस्काय र प्रशासनिक अधिकारीहरूले उनीहरूलाई स्वामीको कुरा मान्न बाध्य बनाएको पनि आरोप लगाएका छन्।
शिकायतपछि पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ। धेरै पटक छापा मारिएको भए तापनि स्वामीलाई पक्राउ गर्न सकिएको छैन। 16 पीडितहरूको बयान अदालतमा मजिस्ट्रेट समक्ष धारा 183 बीएनएसएस अन्तर्गत दर्ता गरिएका छन्।
जॉंचको क्रममा पुलिसले संस्थानको बेसमेन्टबाट एउटा वोल्वो कार फेला पारेको छ, जसमा नक्कली डिप्लोमेटिक नम्बर प्लेट लगाइएको थियो। यो गाडी स्वामी चैतन्यनन्दले नै उपयोग गर्थे। यस मामिलामा पुलिसले भिन्नै एफआईआर दर्ता गरेर गाडी जफत गरेको छ।
पुलिस अनुसार, स्वामी भागेका छन् र पक्राउबाट बाचिरहेका छन्। उनको खोजीमा दिल्ली पुलिसका धेरै दल लागिपरेका छन्। चॉंडै स्वामी विरुद्ध गैर जमानती वारन्टको कारबाही गरिने छ।
हिन्दुस्थान समाचार / भवानी थामी