नयाँ दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले बिहारको पटनामा आज भइऱहेको कांग्रेस कार्य समिति (सीडब्ल्यूसी) को एक दिवसीय बैठकमाथि कटाक्ष गर्दै उसलाई 85 वर्षपछि बिहारको सम्झना आएको बताएका छन्। यो शुद्ध रूपमा राजनीतिक लाभले प्रेरित हो।
भाजपाका वरिष्ठ नेता एवं सासंद रविशंकर प्रसादले बुधवार पार्टी मुख्यालयमा पत्रकार वार्तामा भने, आज पटनामा सीडब्ल्यूसीको बैठक भइरहेको छ। पटनामा सीडब्ल्यूसीको बैठक 85 वर्षपछि भइरहेको छ। कांग्रेसलाई पटना र बिहाको सम्झना 85 वर्षपछि आएको छ। राजेन्द्र बाबू पहिलो राष्ट्रपति थिए र पण्डित नेहरूले उनलाई राष्ट्रपति बन्न दिन चाहन्थेनन्।
रविशंकर प्रसादले भने, कांग्रेसलाई अचानक बिहारमा किन रूचि भयो त ? पटनामा कांग्रेसको सीडब्ल्यूसीको बैठक यसको शुद्ध राजनीतिक लाभले प्रेरित छ। चारा घोटाला मामिलामा कांग्रेसले लालू यादवको गतिविधिहरूमाथि कहिले पनि कुनै आपत्ति व्यक्त गरेन। यो घोटाला 2,000 करोड़ रुपियाँको थियो र लालूलाई यसमा दोषी ठहर गरिसकिएको छ। यस धोकाधड़ीको जवाबदेहीदेखि कोहीपनि बच्न सकेन। यस बाहेक लालूमाथि रेलवे घोटाला र जमीनको सट्टा नोकरी घोटालामा आरोप पत्र दर्ता गरिएको छ। यहाँसम्म कि तेजस्वी यादव र राबड़ी देवी पनि यी मामिलाहरूमा आरोपी छन्।
उनले सोधे, के कांग्रेसले कहिले आफ्नो कथित संलिप्तताबारे केही भनेको छ ? यसैले मेरो दृढ़ विश्वास छ कि कांग्रेसले लगातार लालूको समर्थन गरेको छ, जसको सरकार बिहारमा भय, लूट, अपहरण र व्यापक स्तरमा भ्रष्टाचारको पर्याय बनेको थियो। उनले भने, राहुल गान्धीले हालमा एक छक्क पार्ने बयान दिए, जसमा उनले दाबी गरे कि देशमा बेरोजगारी चुनावी गडबड़ीको परिणाम हो। उनको यो टिप्पणी हालको चुनाउहरूसम्म सीमित छैन तर 2014 को चुनाउहरूको सन्दर्भ दिएको प्रतीत हुन्छ। के यस्तो आरोप लगाएऱ राहुल गान्धीले अप्रत्यक्ष रूपमा मतदाताहरू र देशका नागरिकहरूको ईमानदारीमाथि प्रश्न तेर्साइरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी