पटनामा कांग्रेस कार्य समितिको बैठक शुरू, खरगे र राहुल गान्धी समेत धेरै वरिष्ठ नेता सामेल
कांग्रेस


पटना, 24 सेप्टेम्बर (हि.स.)। कांग्रेसको तर्फबाट पूर्व घोषित कांग्रेस कार्य समिति (सीडब्ल्यूसी) को बैठक बुधवार पटनामा शुरू भइसकेको छ। बैठकमा राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगे र राहुल गान्धी बाहेक पार्टीका धेरै वरिष्ठ नेता सामेल छन्।

कांग्रेस कार्य समितिको बैठक सदाकत आश्रममा भइऱहेको छ। यस बैठकमा कांग्रेस पार्टीका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगे, लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धी र सीडब्ल्यूसीका अन्य वरिष्ठ नेता सामेल छन्। यद्यपि, पूर्व राष्ट्रिय अध्यक्ष सोनिया गान्धी, सांसद प्रियंका गान्धी बैठकमा सामेल भएनन्।

बैठकमा ती राज्यहरूका मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, प्रदेश अध्यक्ष र धेरै पूर्व केन्द्रिय मन्त्री पनि उपस्थित छन्, जहाँ कांग्रेसको सरकार छ।

बिहारमा आगामी केही दिनमै विधानसभाको चुनाउ हुनेछ। त्यस दृष्टिले यस बैठकलाई निक्कै अहम मानिन्दैछ। यसमा बिहारसित जोड़िएका धेरै ठूला निर्णय लिइने सम्भावना छ, जसमा शिक्षा, बेरोजगारी, पलायन र महिलाहरूका लागि योजनाहरूसित सम्बन्धित अहम फसेला पनि सामेल हुनसक्छ। बैठकपछि विशेष घोषणा पत्र जारी गरिनेछ।

घोषणा पत्र जारी गरेको समय महागठबन्धनका घटक दलहरूका वरिष्ठ नेता पनि उपस्थित रहनेछन्, जसमा तेजस्वी यादव र मुकेश साहनी सामेल छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande