कोलकाता, 25 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल सरकारले दुर्गा पूजा अवधि मौसम र कानून व्यवस्थाको स्थितिमाथि लगातार निगरानी राख्नको लागि राज्य सचिवालय नवान्नमा विशेष कन्ट्रोल रूम स्थापना गर्ने निर्णय लिएको छ।हालैमा भएको घना वर्षाको कारण कोलकाता ठप्प भएको र करेन्टको चपेटमा परी एघारजना मानिसहरूको मृत्यु भएपछि यो कदम उठाएको हो।
दुर्गा पूजाको अवसरमा सबै सरकारी संस्थानहरू बन्द रहन्छन्, त्यसैले राज्य आपदा प्रबन्धन विभाग चौबिसै घण्टा सक्रिय रहनेछ। विभागका एक जना वरिष्ठ अधिकारीले बताए, कुनै पनि घटनाको जिम्मेवारी सरकार अनि प्रशासनमाथि आइलाग्छ, त्यसैले अग्रिम तयारी गरिएको हो। उनले भने, “हामीहरू चौबिसै घण्टा काकम गर्नेछौं ताकि जनतालाई कुनै पनि प्रकारको असुविधा नहोस् अनि हरेक स्थितिसित सामना गर्न सकियोस्।”
जानकारी अनुसार यो कन्ट्रोल रूम छठ पूजा (25 देखि 28 अक्टोबर)-सम्म सक्रिय रहनेछ। यसमा सचिव स्तरका एकजना अधिकारी अनि मनिटरिंग टीमका दुईजना अधिकारीहरू उपस्थित रहनेछन् जसको अधिनमा अन्य अधिकारीहरूले काम गर्नेछन्। सबै स्टाफले दुई शिफ्टमा काम गर्नेछ र मुख्य रूपमा मौसम अनि अन्य घटनाहरूमाथि नजर राखिनेछ। यस निगरानी टीमको रिपोर्ट सोझै विभागीय प्रधान सचिवलाई सुम्पिइनेछ अनि त्यहाँबाट राज्यका मुख्य सचिव, नगरनिगम तथा कोलकाता पुलिसलाई सूचना दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा