गान्तोक, 25 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमको एक प्रतिनिधिमण्डलले आज पाकिम जिल्लाको ग्रामीण विकास विभाग कार्यालय भ्रमण गरेर सिक्किम गरीब आवास योजनाको कार्यान्वयनलाई लिएर जानकारी लिएको छ। प्रतिनिधिमण्डलले विभागका अधिकारीहरूसॅंग भेट गरेर लाभार्थीहरूको वर्तमान सूचीबारे पनि छलफल गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।
भाजपा सिक्किमले आवास योजनाको लागि सम्पूर्ण लाभार्थीहरूको सूचीको पूर्ण मूल्याङ्कन र जॉंचको आवश्यकतामाथि बल दिएको छ। भाजपा नेता साङ्गे ग्याछो भोटियाले हाम्रो प्राथमिक चिन्ता भनेको सही व्यक्तिसम्म योजना पुऱ्याउनु हो भनी बताएका छन्। उनले योजनाका लागि अयोग्य लाभार्थीहरूको चयन गर्न कडा प्रक्रिया अपनाइनु पर्छ भनी माग पनि गरेका छन्।
भाजपा सिक्किमले राज्य सरकारलाई जनताप्रति आफ्नो प्रतिबद्धता र सुनौलो सिक्किम, समृद्ध सिक्किम, समर्थ सिक्किमको नारालाई कार्यरूपमा उतार्न आह्वान गरेको छ। यसैगरी, भाजपाले राजनीतिक हस्तक्षेप बिना पारदर्शी तरिकाले योजना लागू गर्नुपर्ने कुरामा जोड दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल