स्वच्छ भारत अभियानमा सामेल भए केन्द्रिय मन्त्री
स्वच्छ भारत अभियानमा सामेल भए केन्द्रिय मन्त्री


सिलगढ़ी, 25 सेप्टेम्बर (हि. स.)। केन्द्रिय मन्त्री सुकान्त मजुमदार दीनदयाल उपाध्यायको 109औं जयन्ती एवं सेवा सप्ताहको अवसरमा बिहीवार अप्पर बागडोगरामा आयोजित स्वच्छ भारत अभियान तथा वृक्षरोपण कार्यक्रममा सामेल भए। मजुमदारले हातमा झाड़ु बोकेर यस सफाई अभियानमा भाग लिए। यस अवधि बागडोगरा क्षेत्रमा सर-सफाई गरिनको साथै शहीद सुभाष थापाको प्रतिमामा पनि सर-सफाई गरियो।

यस अवसरमा सुकान्त मजुमदारले भने, दीनदयाल उपाध्यायको जयन्तीको अवसरमा स्वच्छता तथा वृक्षरोपण सहित विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछ। यसै अन्तर्गत बागडोगरा क्षेत्रमा पनि सफाई अभियान संचालन गरियो। अर्कोतिर कोलकातामा अमित शाहद्वारा पूजाको उद्घाटन गरिने सन्दर्भमा उनले भने, गृहमन्त्रीले दुई वटा पूजाको उद्घाटन गर्नेछन्। उनले उत्तर कोलकाता र दक्षिण कोलकातामा पूजाको उद्घाटन गर्नेछन्। यसको साथै सुकान्त मजुमदारले आज एसआईआरलाई लिएर राज्य सरकारमाथि कटाक्ष पनि गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande