खरसाङमा विश्व फार्मसिस्ट दिवस पालन
खरसाङमा विश्व फार्मसिस्ट दिवस पालन


खरसाङ, 25 सेप्टेम्बर (हि.स.)। खरसाङमा प्रोग्रेसिभ हेल्थ एसोसिएशनको आयोजनामा विश्व फार्मसिस्ट दिवस पालन गरिएको छ। खरसाङको मल्टिपर्पोज हलमा सम्पन्न उक्त कार्यक्रममा दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरु उपस्थित भएर विश्व फार्मसिस्ट दिवस पालन गरे।

यस अवसरमा खरसाङ महकुमा अस्पतालका अधीक्षक डा एस मण्डलले मिठाई वितरण गरेर दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरुलाई विश्व फार्मसिस्ट दिवसको बधाई तथा शुभकामना व्यक्त गरे। बिजय सिञ्चुरीद्वारा सञ्चालित कार्यक्रममा दार्जिलिङ जिल्ला प्रतिनिधि ममु गुरुङले केक काटेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande