नयॉं दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। विश्व पर्यटन दिवस हरेक साल 27 सेप्टेम्बरमा मनाइन्छ। यसको शुरुवात 1980 मा संयुक्त राष्ट्र विश्व पर्यटन संगठनले गरेको थियो। यस दिवसको उद्देश्य वैश्विक पर्यटनको प्रवर्द्धन गर्नु र पर्यटनको सामाजिक, सांस्कृतिक र आर्थिक महत्वको बारेमा जागरूकता फैलाउनु रहेको छ।
भारतको सन्दर्भमा यो दिनको विशेष महत्व छ, किनकि भारत आफ्नो समृद्ध सांस्कृतिक धरोहर, प्राकृतिक विविधता र ऐतिहासिक स्थलहरूका कारण विश्वभरका पर्यटकलाई आकर्षित गर्दछ।
पर्यटनले भारतको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान दिॅंदछ र लाखौं मानिसहरूलाई लागि रोजगारको प्रमुख साधन पनि हो। साथै भारतले 2002 मा 'अतुल्य भारत' जस्ता योजनाहरूको पनि शुरुवात गरेको छ, जसको उद्देश्य देशमा पर्यटनलाई प्रवर्द्धन गर्नु र पर्यटकहरूलाई आकर्षित गर्नु हो।
यस वर्ष 2025 को विश्व पर्यटन दिवसको थीम 'टूरिज्म एण्ड सस्टेनेबल ट्रान्सफर्मेशन' हो। यस थीम अन्तर्गत पर्यटन केवल आर्थिक गतिविधि मात्र होइन, तर सकारात्मक परिवर्तनको एक शक्तिशाली माध्यम पनि हो भन्ने रेखांकित गर्नु रहेको छ। ध्यान योग्य विषय के छ भने स्थायी विकास, सामाजिक समावेशन र नवाचारलाई पर्यटनको हरेक नीति र योजनामा सामेल गर्नु आवश्यक छ।
महत्वपूर्ण घटनाचक्र
1290 - चीनको चिलीको खाड़ीमा भुॅंइचालोले लगभग एक लाख जनाको मृत्यु।
1760 - मीर कासिम बंगालको नवाब बने।
1821 - क्याक्सिको स्वतन्त्र बन्यो।
1825 - इङ्ग्ल्याण्डमा स्टकटन-डार्लिङ्गटन लाइनको शुरुवातका साथै संसारमा पहिलो सार्वजनिक रेल परिवहन शुरू।
1940 - द्वितीय विश्व युद्धमा इटली, जर्मनी एवं जापानले धूरी राष्ट्रको सम्झौतामा हस्ताक्षर गऱ्यो।
जन्म
1848 - राधानाथ राय- उड़िया भाषा र साहित्यका प्रमुख कवि।
1871 - विट्ठलभाई पटेल- सरदार पटेलको ठूलो दाजु एवं प्रसिद्ध स्वतन्त्रता सेनानी।
1932 - यश चोपड़ा- भारतीय निर्देशक।
1953 - माता अमृतानन्दमयी- भारतीय, धार्मिक नेता।
1981 - लक्ष्मीपति बाला जी- भारतीय क्रिकेट खेलाड़ी।
निधन
1590 - पोप अर्बन सप्तम- सबैभन्दा कम समयसम्म पोप रहे।
1833 - राजा राममोहन राय- समाज सुधारक।
1933 - कामिनी राय- प्रमुख बंगाली कवि, सामाजिक कार्यकर्ता र नारीवादी महिला।
1968 - बृजलाल वियाणी- मध्य प्रदेशका प्रमुख सामाजिक र राजनीतिक कार्यकर्त्ता।
1972 - एसआर रंगनाथन- विख्यात पुस्तकालाध्यक्ष र शिक्षाशास्त्री।
2001 - कोटला विजय भास्कर रेड्डी- आन्ध्र प्रदेशका भूतपूर्व 9औं मुख्यमन्त्री।
2020 - जसवन्त सिंह- भारतीय जनता पार्टीका वरिष्ठ राजनेता।
महत्वपूर्ण दिवस
-विश्व पर्यटन दिवस।
हिन्दुस्थान समाचार / भवानी थामी