रायपुरमा पहिचान लुकाएर किरायको घरमा बसिरहेका नक्सली पति-पत्नी पक्राउ
रायपुरमा पहिचान लुकाएर किरायको घरमा बसिरहेका नक्सली पति-पत्नी पक्राउ


रायपुरमा पहिचान लुकाएर किरायको घरमा बसिरहेका नक्सली पति-पत्नी पक्राउ


रायपुर, 26 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को राजधानी रायपुरमा पुलिस र नक्सल विरोधी दस्ता (डीव्हीसीएम टीम) लाई ठूलो सफलता हात लागेको छ। माओवादी संगठनसॅंग सम्बन्धित पति-पत्नीलाई पक्राउ गरिएको छ। उनीहरू जाली आईडी प्रूफ बनाएर बसिरहेका थिए।

पुलिस सूत्रहरू अनुसार, नक्सल पति-पत्नीको नाम उजग्गू उर्फ रमेश कुरसम (28) र कमला कुरसम (27) हो। उनीहरू मूल रूपमा बीजापुर निवासी हुन्। उनीहरूलाई चंगोराभाठाबाट पक्राउ गरिएको हो।

पुलिसद्वारा अहिलेसम्म गरिएको जॉंचमा दुवै माओवादी संगठनमा सक्रिय रूपमा जोडिएको थाहा लागेको छ। पुलिस टीमले आरोपी पुरुष नक्सलसॅंग सोधपुछ गरिरहेको छ। यी अर्बन नक्सलहरूले उपचारको नाममा घर किरायमा लिएका थिए। कमलालाई न्यायिक हिरासतमा पठाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande