झाड़ग्रामः हात्तीको हमलामा 38 वर्षीय युवकको मृत्यु, क्षेत्रबासी आतंकित
झाड़ग्रामः हात्तीको हमलामा 38 वर्षीय युवकको मृत्यु, क्षेत्रबासी आतंकित


झाड़ग्राम, 27 सेप्टेम्बर (हि.स.)। झाड़ग्राम जिल्लाको मानिकपाड़ा रेञ्ज अधिनस्ध रमरोमा जंगलमा गए अबेर राति हात्तीको हमलामा परी एक जना युवकको मृत्यु भयो। मृतकको पहिचान लालमोहन महतो ( 38)-को रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार लालमोहन शुक्रवार साँझ जंगलको बाटो भएर आफ्नो घर फर्किरहेका थिए। यसै अवधि अचानक एउटा घुमन्ते हात्ती उनको सामु आयो। हात्तीले आफ्नो सुँड़ले बेरेर उनलाई पछाऱ्यो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।

घटनाको जानकारी पाउनसाथ वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगे अनि शवलाई कब्जामा लिएर झाड़ग्राम जिल्ला अस्पतालमा पठाइदिए। यस दुर्घटनाको कारणले रमरोसा सहित वरपरका क्षेत्रहरूमा आतंक फैलिएको छ।

वन विभागका अधिकारीले बताए, हालैमा झारखण्ड सीमाबाट तीनवटा हात्तीहरू यस क्षेत्रमा आएका छन्। त्यसैले जंगलको बाटोलाई प्रयोग नगर्ने अपील मानिसहरूसित गरिन्छ। अर्कोतिर प्रशासनले मृतक परिवारलाई क्षतिपूर्ति दिने आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande