गुवाहाटी (असम), 27 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज प्रख्यात साहित्यकार, शिक्षाविद् तथा बोड़ो साहित्य सभाका पूर्व महासचिव बिहुराम बोड़ोको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले भने, बिहुराम बोड़ोको बोड़ो एवं भारतीय साहित्यमा योगदान अतुलनीय रहेको छ। उनका रचनाहरूले सदैव बोड़ो समाजलाई आलोकित पारिरहनेछन् साथै नयाँ पिँढ़ीको लागि प्रेरणाको श्रोत बन्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा