उत्तर बंगालमा एसटीएफको महत्वपूर्ण कारबाही, 257 गाँजासितै दुई पक्राउ
उत्तर बंगालमा एसटीएफको महत्वपूर्ण कारबाही, 257 गाँजासितै दुई पक्राउ


कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। गुप्त सूचनाको आधारमा पश्चिम बंगाल स्पेशल टास्क फोर्स (एसटीएफ)- को सिलगढ़ी यूनिटले गए शुक्रवार फूलबाड़ी नजिक एउटा वाहनलाई रोकेर जाँच गऱ्यो जसमा प्रचुर मात्रामा प्रतिबन्धित मादक पदार्थ भेटियो। एसटीएफले टाटा टियागो कारबाट 257 किलो गाँजा जफत गऱ्यो जसको मूल्य पचास लाख रुपियाँभन्दा अधिक रहेको अनुमान लगाइएको छ। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले शनिवार बिहान यस बारेमा जानकारी दिएका छन्।

उनले बताए, कारबाही अवधि एसटीएफले दुईजना तस्करहरूलाई पक्राउ गऱ्यो जसको पहिचान साहेबगञ्ज (कुचबिहार) निवासी इरशाद अली (22 वर्ष) र जावेद अली शेखको रूपमा भएको छ। यी आरोपीहरूसित जाँचबुझको आधारमा एसटीएफले कुचबिहार जिल्लाको कोतवाली थाना क्षेत्रस्थित मघपाला गाउँमा सप्लायर गोबिन्दो सरकारको घरमा छापा माऱ्यो। छापामारीमा केही मात्रामा गाँजा जफत गरियो तथापि गोबिन्दो सरकार घटनास्थलबाट भागे।

मामिलामा एनडीपीएस एक्ट- 1985 अन्तर्गत सिलगढ़ी एसटीएफ यूनिट थानामा मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ। मामिलामा सामेल अन्य मानिसहरूको पहिचान गरिँदैछ। साथै यो पनि पत्तो लगाइँदैछ कि गाँजा कहाँबाट ल्याइँदैथ्यो र कहाँ-कहाँ तस्करी गर्नुथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande