चतुर्थीको राती हुगलीमा सड़क दुर्घटना, तीन जनाले गुमाए ज्यान
चतुर्थीको राती हुगलीमा सड़क दुर्घटना, तीन जनाले गुमाए ज्यान


हुगली, 27 सेप्टेम्बर (हि.स.)। हुगली जिल्लामा गए शुक्रवार राति प्रतिमा ल्याउने क्रममा भयानक सड़क दुर्घटना भयो जसमा तीन जना मानिसहरूको मृत्यु भयो भने तीन जना गम्भीर रूपमा घाइते भए। घाइतेहरूको स्थिति पनि चिन्ताजनक रहेको छ जसको हाल उपचार भइरहेको छ।

मृतकहरूको पहिचान भास्कर देवधारा (29), प्रीतम चक्रवर्ती (30) औ स्वप्न दे (40) -को रूपमा भएको छ। भास्करको घर सुगन्धा शंकरबाटी क्षेत्रमा अवस्थित छ भने अन्य दुईजना चन्दननगर काटापुकुर क्षेत्र निवासी थिए।

जानकारी अनुसार पोलबाको शंकरबाटी बारवारीका सदस्यहरू माँ दुर्गाको प्रतिमा ल्याउन गएका थिए। प्रतिमालाई अर्को वाहनमा राखेर छह जना सदस्यहरू वाहनमा सवार भएर फर्किरहेका थिए। यसै क्रममा चन्दन नगर रेल ओभरब्रिजबाट तल झर्दा द्रूत गतिको वाहन अनियन्त्रित भएर सड़क किनारमा राखेको ईँटाको पर्खालसित ठोक्कियो। वाहनमा चालक सहित छह जना मानिसहरू सवार थिए। ठक्कर भयानक थियो जसले गर्दा दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। चारजनालाई रगताम्मे अवस्थामा चन्दन नगर महकुमा अस्पतालमा लगियो जहाँ एकजनाको अस्पतालमै मृत्यु भयो। गम्भीर घाइतेहरूमेध्ये एकजनालाई एसएसकेएम अस्पतालमा रेफर गरिएको छ भने दुईजनाको चन्दन नगरमै उपचार भइरहेको छ।

सूचना पाउनसाथ चन्दन नगर तथा पोबला थानाको पुलिस घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूले बताए, वाहनको गति अत्यधिक तीव्र थियो। घटनास्थलबाट रक्सीको बोतल पनि जफत गरिएको छ। आशंका व्यक्त गरिँदैछ, वाहनमा सवार मानिसहरूले रक्सी खाएका थिए। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande