पश्चिम मिदनापुर, 27 सेप्टेम्बर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको नारायणगढ़ थाना अन्तर्गत मकरामपुर क्षेत्रमा गए शुक्रवार अबेर राति एक भीषण सड़क दुर्घटना भयो। खड़गपुर-बालेश्वर 16 नम्बर राष्ट्रिय राजमार्गमा मोटरसाइकल र निजीकार आपस्तमा ठोक्किएर एकजना पुलिसकर्मी र एक जना महिला गम्भीर रूपमा घाइते भए। दुवैलाई आशंकाजनक स्थितिमा मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।
प्रत्यक्षदर्शीहरूले बताए, खड़गपुर तर्फ गइरहेका पुलिसकर्मी विश्वजीत दास आफ्नो मोटर साइकलमा अणिमा दास नामक महिलालाई लिएर मकरामपुरको बाटो भएर गइरहेका थिए। यसै अवधि विपरीत दिशाबाट आइरहेको द्रूत गतिको निजी कारले बाइकलाई ठक्कर दियो जसमा बाइक सवार पुलिसकर्मी र महिला गम्भीर रूपमा घाइते भए साथै बाइक पनि पूर्ण रूपमा क्षतिग्रस्त भयो।
सूचना पाउनसाथ नारायणगढ़ थानाको पुलिस घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूको सहयोगमा दुवैलाई तुरून्त अस्पतालमा पुऱ्याइयो जहाँ चिकित्सकहरूले उनीहरूको स्थितिलाई गम्भीर बताए। घाइते विश्वजीत दास र महिला अणिमा दासलाई खड़गपुर ग्रामीण श्यामलपुरको सिकोटोड़ी ग्राम निवासी रहेको बताइएको छ।
घटनापछि सड़कमा कोकोहोलो मचियो। पुलिसले दुर्घटनाग्रस्त वाहनहरूलाई जफत गरेको छ र मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा