गुवाहाटी, 27 सेप्टेम्बर (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिसले नाका चेकिङमा एक ट्रकबाट चोरीको समान जफत गरिएपछि दुई जनालाई पक्राउ गरेको छ।
पुलिसले शनिवार बतायो, गोप्य जानकारीको आधारमा बशिष्ठ पुलिस थानाको एक ईडीपीडी टीमले नालापारामा चोरीको समान लगिरहेको एउटा ट्रक (एएस-01आईसी-7691) लाई रोक्यो। तलाशई लिँदा ट्रकबाट तांबाको स्क्रैप (धेरै ब्याग), बिजुलीको तार र एल्युमीनियमको स्क्रैप, फलाम र टीनका च्यादरहरूको स्क्रैप जफत गऱ्यो। यस मामिलामा दुई जनालाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको पहिचान नलबाड़ी निवासी सोहिदुर इस्लाम (30) र जोवाई निवासी मेबन लाराप्लामग लिंगदोह (31) को रूपमा गरिएको छ, घटनाको सम्बन्धमा पुलिसले एक प्राथमिकी दर्ता गरी कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी