उत्तर 24 परगना, 28 सेप्टेम्बर (हि. स.)। गए शनिवार राती श्यामनगरको 23 नम्बर रेलगेटमा
भएको भयानक दुर्घटनाले सम्पूर्ण क्षेत्रलाई स्तब्ध तुल्याएको छ। रेल लाइन पार गर्ने क्रममा ट्रेनको चपेटमा परी दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने उनीहरूलाई बचाउने चेष्टा गर्दा तेस्रो व्यक्ति गम्भीर रूपमा घाइते भए। अस्पताल पुऱ्याउँदा-पुऱ्याउँदै उनको पनि मृत्यु भयो।
यस हृदयविदारक घटनाको खबर फैलिनसाथ स्थानीय मानिसहरू आक्रोशित भए। आक्रोशित जनताले 23 नम्बर रेलगेट नजिक रेल लाइनमा अवरोध गरे। सूचना पाएर रेल अधिकारी, आरपीएफ, जगद्दल तथा नोओपाड़ा थानाको पुलिस घटनास्थलमा पुगे।लगभग एक घण्टासम्म अवरोध जारी रहेपछि पुलिस र रेलवे अधिकारीहरूको हस्तक्षेपमा स्थितिलाई नियन्त्रण गरियो। आश्वासन पाएपछि मानिसहरूले अवरोधलाई हटाए। स्थानीय मानिसहरूको आरोप छ, रेलगेट क्षेत्रमा सुरक्षाको पर्याप्त व्यवस्था छैन। भविष्यमा यस्ता दुर्घटनाहरूदेखि बच्नको लागि उनीहरूले तत्काल कदम उठाउने माग पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा