सन्तोष मित्रा स्क्वायर दुर्गा पूजालाई लिएर बढ़्यो विवाद, अर्जुन सिंहले दिए चेताउनी
सन्तोष मित्रा स्क्वायर दुर्गा पूजालाई लिएर बढ़्यो विवाद, अर्जुन सिंहले दिए चेताउनी


उत्तर 24 परगना, 28 सेप्टेम्बर (हि. स.)। बितेका केही दिनदेखिको कोलकाताको सन्तोष मित्रा स्क्वायर दुर्गा पूजालाई लिएर विवाद तीव्र भएको छ। आरोप छ, आम मानिसहरूलाई पण्डालमा प्रवेश गर्नदेखि रोक्नका लागि क्षेत्रको घेराबन्दी गरिएको छ। यसै विवादबीच पूजा समितिका सदस्य सजल घोषले भने, यदि यसप्रकारको स्थिति कायम रहे क्बललाई पूजा आयोजना गर्न कठिन पर्नेछ।

आइतवार यसै मुद्दामा भाजपा नेता अर्जुन सिंहले चेताउनीपूर्ण भाषामा भने, “यदि यो पूजा बन्द भयो भने सारा बंगालभरि नै आगो सल्किनेछ।” उनले सजस घोषलाई सन्देश दिँदै भने, उनलाई डराउने आवश्यकता छैन। पूजा पूर्ण गर्वको साथमा गर्नुपर्छ।

सन्तोष मित्रा स्क्वायरको यस वर्षको पूजा थीम रहेको छ- ‘अपरेशन सिन्दूर‘ जसमा पहलगाम हमलादेखि लिएर भारतीय सेनाको आतंकवाद विरोधी अभियानलाई दर्शाइएको छ। यसै थीमलाई लिएर विवाद अझ गहिरिँदै गएको छ।

अर्जुन सिंहले भने, यस पूजामा सिन्दूरको लड़ाईँलाई देखाइएको छ, आमा-दिदी-बहिनीहरूको इज्जतको रक्षा गर्ने कुरा गरिएको छ। तर अब सिन्दूरको पनि राजनीतिकरण भइरहेको छ। सजल घोषले छात्ती ठोकेर पूजा गरुन्, हजारौं मानिसहरूको उनको साथमा छन्।

स्थानीय मानिसहरूको आरोप छ, 40 फुट चौड़ा सड़कलाई गार्डरेल लगाएर बन्द गरिदिएको छ भने मात्र 15 फुटको बाटो भएर मानिसहरूलाई भित्र पठाइँदैछ। जहाँ 700 मीटर पैदल हिँड़ेर पूजा पण्डालसम्म पुग्न सकिन्छ त्यहाँ मानिसहरूलाई लगभग 3.5 किलोमीटर घुमेर जानु परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande