एशिया कपको फाइनलमा भारतीय क्रिकेट टीमको जीतको निम्ति माँ गंगाको आरती गरियो
एशिया कपको फाइनलमा भारतीय क्रिकेट टीमको जीतको निम्ति माँ गंगाको आरती गरियो


वाराणसी, 28 सेप्टेम्बर (हि.स.)। एशिया कप टी-20 क्रिकेटको फाइनल म्चायमा भारतीय टीमको जीतको कामना गर्दै आइतवार उत्तर प्रदेशको वाराणसीमा नमामि गंगेका सदस्यहरूले खेलप्रेमीहरूसित मिलेर नवनिर्मित सामने घाटमा माँ गंगाको आरती गरे अनि भारतीय टीमको मनोबल बढ़ाए। भारत माताको जय-जयकारबीच बाबा विश्वनाथ र माँ गंगासित भारतीय क्रिकेट टीमले पाकिस्तानी टीमलाई परास्त गरोस् भनी आशीर्वाद युवाहरूले मागे।

यस अवसरमा भारतीय क्रिकेटरहरूको तस्वीर, क्रिकेट ब्याट इत्यादि बोकेर राष्ट्रध्वज सहित युवाहरूले फाइनलमा पाकिस्तानमाथि भारतको अजेय रथको शंखघोष गरे। भारत माता की जय, चक दे इण्डिया, जीतेगा भाई जीतेगा, हिन्दुस्तान जीतेगा, बढ़ते चलो जस्ता गगनभेदी उद्घोषले सामने घाट परिसर गुञ्जियो। घाटमा उपस्थित आमा, दिदी-बहिनी, बुजुर्ग तथा युवाहरूले मिलेर टीम इण्डियाको लागि प्रार्थना गरे।

नमामि गंगे काशी क्षेत्रका संयोजक राजेश शुक्लले बताए, देशको गरिमालाई कायम राख्नको लागि भारतीय क्रिकेट टीम अगाड़ि पाकिस्तानविरूद्ध एशिया कप-2025 मा जीत हासिल गर्नु मात्र विकल्प रहेको छ। टीम इण्डियाले यसपालि कुनै पनि स्थितिमा हारलाई सहन गर्न सक्दैन, किनभने यसपालि परिवेश भिन्नै छ जसको कारण पहलगाममा भएको आतंकवादी हमला हो। यसपालिको जीत क्रिकेट टीमको मात्र नभएर देशको आत्मालाई सन्तुष्टि पुऱ्याउनु हो। अब म्याचको परिणाम ट्रफी थाप्नुसम्म मात्र सीमित रहेन जबकि देशको आत्मलाई सन्तुष्टि पुऱ्याउनु पनि हो। आयोजनमा सुभाष श्रीवास्तव, महेन्द्र तिवारी, एस एन सिंह, रमेश चन्द्र पाण्डेय, मीना देवी, रमेश श्रीवास्तव, वंश नारायण, ओमप्रकाश राय, विष्णु शंकरले भाग लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande