सोनादा, 28 सेप्टेम्बर (हि.स.)। प्रसिद्ध राष्ट्रिय सन्त तथा समाजसेवी सदगुरुदेव श्री सतपालजी महाराजको आज्ञा र प्रेरणाले 27 र 28 सेप्टेम्बरका दिन सम्पूर्ण भारतवर्षभरि मानव उत्थान सेवा समितिद्वारा सेवा पखवडा अन्तर्गत स्वच्छ भारत अभियान कार्यक्रम सञ्चालन भइरहेको छ। यस अन्तर्गत सदगुरुदेव श्री सतपालजी महाराजका अनुयायी सन्त–महात्मा तथा मानव उत्थान सेवा समिति र मानव सेवा दलका कार्यकर्ताहरू र सदस्य सदस्यावृन्दले देशभरि रहेका विभिन्न अस्पताल, विद्यालय, मन्दिर प्राङ्गण, रेलवे स्टेसन,चौक–चौराहा जस्ता सार्वजनिक स्थानहरूमा स्वच्छता अभियान सञ्चालन गरी ती स्थानहरूलाई सफा–सफाई गरेर स्वच्छ भारत बनाउनको अभियानमा आफ्नो योगदान दिइरहेका छन्।
यसै क्रममा मानव उत्थान सेवा समितिको उत्तर पुर्वाञ्चल क्षेत्र अन्तर्गत सिक्किम राज्यका विभिन्न स्थानहरूमा साथै दार्जिलिङ, कालेबुङ, खरसाङ, बिजनबारी, मिरिक, मङपु, झोलङ डुवर्सका विभिन्न तहसिलहरू लगायत सिलगढी, विजयनगर तसिलका विभिन्न स्थानहरूमा 27 सेप्टेम्बर 28 सेप्टेम्बरको दिन भारत सरकारद्वारा निर्देशित सेवा पखवाडालाई शिरोपर गर्दै व्यापक रुपमा स्वच्छ अभियान चलाइयो। समितिको सिलगढी तहसिलद्वारा अध्यक्ष महात्मा दीपिका बाईजी र महात्मा महेश्वरी बाइजीको विशेष नेतृत्वमा सिलगढी जिल्ला अस्पतालमा स्वच्छता अभियान सञ्चालन गरी अस्पतालको सम्पूर्ण प्राङ्गण र परिसर सफा गरे साथै समितिको तर्फबाट अस्पताललाई केही डस्टबिनहरु पनि हस्तान्तरण गरे।
अस्पतालका सुपरिन्टेन्डेन्ट (निरीक्षक) डाक्टर चन्दन सर र सुपरभाइजर दिपंकर चक्रवर्तीले समितिको यस कार्यको प्रशंसा गर्दै मानव उत्थान सेवा समितिका सदस्य सदस्याहरूले जुन उत्साह र जोशका साथ अस्पताल प्राङ्गणलाई मनदेखि सर–सफाई गरेका छन्, त्यसले सम्पूर्ण वातावरणमा सकारात्मक ऊर्जा फैलिएको छ भनी जनाए। उत्तर–पूर्वाञ्चल क्षेत्रकी अध्यक्ष महात्मा दीपिका बाईजीले आफ्नो सम्बोधनमा मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजको आज्ञा र प्रेरणाले उहाँको आध्यात्मिक तथा सामाजिक संस्था मानव उत्थान सेवा समितिले आत्मज्ञानी सन्त–महात्माहरूको सहयोगमा सम्पूर्ण विश्वमा अध्यात्म ज्ञानको प्रचार–प्रसार गर्दै मानिसहरूको हृदयलाई स्वच्छ बनाउनेसँगै विभिन्न सामाजिक कार्यमार्फत मानिसहरूमा जागरूकता ल्याउने प्रयास गरिरहेको छ।
यही क्रममा अहिले सेवा पखवाडाअन्तर्गत समितिद्वारा भारतका विभिन्न प्रान्तहरूमा दुई दिवसीय भारत स्वच्छ अभियान सञ्चालन गरेर मानिसहरूलाई देश सफा राख्ने प्रेरणा दिइरहेका छन् । सर-सफाई अभियानमा समितिको सिलगढी तहसिल अन्तर्गतका सम्पूर्ण शाखाहरूबाट एक सयभन्दा धेर सदस्य- सदस्याहरू उपस्थित भएका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक