गुवाहाटी, 28 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 126औं 'मन की बात' कार्यक्रममा दिवंगत असमिया गायक जुबिन गर्गलाई भावपूर्ण श्रद्धाञ्जली दिए। उनले उनलाई असमिया संस्कृतिको सबैभन्दा चम्किलो रत्न, कोहिनूर कोहिनूर बताए अनि श्रोताहरूलाई आश्वस्त पारे कि उनको संगीतक धरोहर सैदव अमर रहनेछ।
उल्लेखनीय छ, गत 19 सेप्टेम्बरको दिन सिंगापुरमा डुबेर भएको जुबिनको मृत्युमाथि प्रधानमन्त्रीद्वारा दिइएको भावपूर्ण श्रद्घाञ्जली आइतवारको रेडियो कार्यक्रमको मुख्य आकर्षण रह्यो। मोदीले यस कुरामाथि बल दिए, गायक शारीरिक रूपमा अनुपस्थित रहे पनि उनको आत्मा उनको संगीतको माध्यमबाट असमभरिका प्रशंसकहरूको हृदयमा जीवित रहनेछन्।
मोदीले भने, जुबिन असमिया संस्कृतिका कोहिनूर थिए। यद्यपि उनी अब यस दुनियाँमा हामीसित छैनन्। तर उनी सदैव हाम्रो हृदयमा बस्नेछन्। उनले भने, गर्गका गीतहरूले भावी पिँढ़ीहरूलाई मन्त्रमुग्ध पारिरहनेछन् भने असमिया सांस्कृतिक विरासतमा उनको अतुलनीय योगदानलाई उजागार गर्नेछन्।
यस श्रद्धाञ्जलीमा गर्गको आफ्नो मूल संस्कृतिसित गहिरो सम्बन्ध तथा भारतीय संगीतमा उनको महत्वपूर्ण प्रभावलाई रेखांकित गरियो। मोदीले 52 वर्षीय कलाकारको असामयिक निधनमा सारा देशमा व्याप्त शोकको उल्लेख गर्दै एक सांस्कृतिक प्रतीक तथा प्रिय मनोरञ्जनकर्ताको रूपमा उनको प्रतिष्ठालाई स्वीकार गरे जसले असमका सीमाहरूदेखि टाड़ा पनि प्रसिद्धि प्राप्त गरे।
यस प्रसारणमा संस्कृति, धरोहर तथा दशभक्तिका विषयहरूलाई एउटै धागोमा उनियो भने संगीत, कला एवं सांस्कृतिक संरक्षणको क्षेत्रमा भारतको उपलब्धिहरूको उत्सव मनाउँदै जुबिन गर्गको स्मृतिलाई एक भावनात्मक केन्द्रबिन्दुको रूपमा प्रस्तुत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा